२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

आठबीस नगरपालिका–८ दैलेखका पुर्व वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अदालतमा आरोपपत्र दायर

सुर्खेत। दैलेखको आठबीस नगरपालिका –८ को गणेश आधरभुत विद्यालयमा व्यवस्थापन गर्ने भन्दै भ्रष्ट्राचार गरेको आरोपमा पुर्र्व वडाध्यक्षसहित तीन जना विरुद्ध अदालतमा आरोपपत्र दायर भएको छ ।

सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका पुर्ववडाध्यक्ष मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव अनिलकुमार शाहीविरूद्ध आरोपपत्र दायर भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले आइसिटी व्यवस्थापन गर्ने भनेर भ्रष्टाचार गरेको आरोप छ। गत आर्थिक वर्ष २०७६्७७ मा सामान विद्यालयका लागि सामान खरिद गरेको भन्दै उनीहरूले भुक्तानीको लागि आठबिस नगरपालिका नक्कली बिल पेश गरेको भण्डारीले बताए।

उनीहरूले विद्यालयमा विनियोजन नै नभएको बजेटलाई विभिन्न समयमा आइसिटी व्यवस्थापन गर्न र सोलार खरिद गर्न कोटेसन आह्वान गर्ने काम गरेका थिए।

उनीहरूले कोटेसन छनोट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरी सकेको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय गरी सोही निर्णयको आधारमा झूटा बिल कागजात तयार गरी भ्रष्टाचार गरेको आरोप छ।

आठबिस नगरपालिका–८ काे वडाकार्यालयबाट हुँदै नभएको कामलाई कार्य सम्पन्न भएको भनि सिफारिस समेत गरेको बताइएकाे छ ।

आयोगका अनुसार उनीहरूले सरकारी रकम खाने, मास्ने उद्देश्यका साथ ४ लाख ९८ हजार गैरकानूनी लाभ लिन गलत लिखित तयार गर्न खोजेको थिए।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम माग दाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भ्रष्टाचार निवारण ऐन अन्तर्गत आरोपपत्र दायर भएको जनाइएको छ।

आठबीस नगरपालिका–८ दैलेखका पुर्व वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अदालतमा आरोपपत्र दायर

कर्णालीमा विकास गर्ने हैन खाने प्रवृत्ति छः

आठबीस नगरपालिका–८ दैलेखका पुर्व वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अदालतमा आरोपपत्र दायर

गठबन्धनले राम्रो रिजल्ट दिएन्, अब सोच्नुपर्छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!