आर्थिक वर्ष २०७९–८० को बजेटका यी हुन् मुख्य विशेषताहरू

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटका बारेमा विभिन्न खालका प्रतिकृयाहरु आउने क्रम जारी छ । विशेषत सरकारले सबै क्षेत्रलाई समेट्ने गरि बजेट ल्याइएको सत्तारुढ दलहरुले बताएका छन् भने प्रतिपक्ष दलले चुनावी बजेट भन्दै टिप्पणी गरिरहेको छ ।
यी हुन बजेटका विशेषताहरु
—आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत १
— काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गर्ने
—एक स्थानीय तहस् एक खेलग्राम कार्यक्रम
— दम्पत्तिका लागि ६ लाख रूपैयाँसम्मको आम्दानीमा कर नलाग्ने
— निजगढ विमानस्थल निर्माणको लागि बजेट
—.निजगढ(काठमाण्डौं द्रुतमार्ग ३ वर्ष भित्र सम्पन्न गर्ने
—पुँजी आकर्षित गर्न वैदेशिक लगानीको व्यवस्था खुकुलो
—स्वदेशमा बस्तु उत्पादन र प्रयोगमा जोड
— वैदेशिक रोजगार र स्वरोजगारमा रहेकालाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने
—काठमाडौंमा नेवार, पोखरामा तमु लगायतका संग्राहलय स्थापना गर्ने
—स्थानीय र प्रदेशमा ४ खर्ब ४२ अर्ब अनुदान
— एक परिवारलाई एक विद्युतीय चुलो
— किसान पेन्सन कार्यक्रम
— अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने १ मासिक ५ हजार ११
—पेट्रोलियम पदार्थको मूल्य घटाइने
— कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
— ९८ प्रकारका औषधी निशुल्क, मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई महिनामा ५ हजार
—.निशुल्क मृगौला प्रत्यारोपण
— आगामी वर्ष ६५५ वटा अस्पताल बनाइसक्न १० अर्ब रूपैयाँ बजेट १
—२५ जिल्लाहरूमा सुत्केरीलाई पोषण भत्ता स्वरूप ५ हजार रूपैयाँ दिने
—.शिक्षक अस्पताल बनाईने
— स्यानिटरी प्याडमा भन्सार महशुल ९० प्रतिशत छुट गर्ने घोषणा
— धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाइने
— ग्यासमा अनुदान कटौती गरिने, खाना पकाउन बिजुलीमा अनुदान
— दुई लाखलाई काम दिन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट
— विदेशबाट फर्केकालाई सहुलियत ऋण दिइने, १३ अर्ब ५९ करोड १
— विदेशमा निर्माण व्यवसाय गर्न सकिने कानुनी व्यवस्था ल्याउने
— सहरी गरिबलाई अपार्टमेन्ट
— सहकारीलाई चुक्ता पुँजीको ५ प्रतिशत अनुदान दिइने
—नेपाल विद्युत प्राधिकरणको सेयर जारी
—कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने
— हेटौंडा कपडा उध्योग सन्चालन गर्ने र सार्वजनिक पद धारण गर्नेले प्रयोग गर्नैपर्ने १
—. स्टिल, सिमेन्ट, फुटवेयर र पानी निर्यातमा ८ प्रतिशत नगद अनुदान
— नयाँ सुख्खा बन्दरगाह बन्ने, रेलवे र मेट्रो रेलका लागि ६ अर्ब
— औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ७९ करोड १
—मदन भण्डारी, हुलाकी, पुष्पलाल राजमार्गलाई बजेट र पुष्पलाल राजमार्गको १० सहर निर्माणलाई ३ अर्ब १
—काठमाडौं चक्रपथ विस्तारका लागि १ अर्ब
— काठमाडौंमा सुरुङमार्ग बनाउन १ अर्ब १९ करोड, नागढुंगा सुरुङमार्ग, थानकोट( चित्लांग र पालुंग ( चितवन सुरुंगमार्गमा जोड
—पढ्दै कमाउदै कार्यक्रमलाई १०० विध्यालयमा विस्तार गरिने
—प्राविधिक धारमा स्नातक र स्नातकोत्तर तहका विध्यार्थीले ९० दिन स्वयम्सेवक भई कार्य गर्नु पर्ने
—माथिल्लो अरुणका लागि एक अर्ब र दूधकोशीका लागि ९४ करोड बजेट
—आगामी वर्ष सरकारी गाडी नकिन्ने घोषणा १






