केपी ओलीको तुइन विस्थापित घोषणा कागजमै सीमित, जाजरकोटमा अझै तुइनबाटै खोला तर्नुपर्ने बाध्यता

मोहन सिंह ठकुरी
जाजरकोट । २०७२ सालमा तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीले देशभर तुइन विस्तापनको निर्णय गरेका थिए । तर उक्त निर्णय भएको ७ वर्ष बितिसक्दा पनि पुर्ण रुपमा कार्यवन्य भएको छैन । अहिले पनि रुकुम पश्चिम र जाजरकोटका धेरै स्थानमा नदि तर्न तुइनको प्रयोग गर्नु पर्दछ । जाजरकोटको नलगाड नगरपालिकाको ठुला बगरका एक सय बढी घर परिवारलाई अझैपनि तुइनबाट भेरी नदी वारपार गर्नुपर्ने बाध्यता छ ।

नदीमा पुल नहुँदा उनीहरुले सधै तुइनबाट नै जोखिमपुर्ण यात्रा गर्दै आएका छन् । २२ वर्ष अघि निर्माण भएको तुइन दैनिकी उपभोग्य सामान आपुर्ति गर्न, औषधि उपचार गर्न, अन्य काम परे सदरमुकाम खलंगा जान खोला तर्ने सहारा बनेको स्थानीय धर्मा पुनले बताइन् ।ठुला बगरबासी काठको ढुङग्रो बनाएर त्यसमाथि डोरी टांगेर एक सय मिटर फराकिलो भेरी नदी वारपार गर्दै आएका छन् ।

No description available.

धर्मा भन्छिन–‘ चुनावताका राजनीतिक दलका नेताहरु गाउँमा आएर पुल बनाउने बाचा गरेर जान्छन् । तर उनीहरुको बाचा भोट कमाउने माध्यम मात्र बन्यो । अझै पुल बन्न सकेन् ।’ पुल बनाउन विभिन्न निकायसगँ माग गरेपनि कसैले चासो नदिएको ठुला बगरबासीको गुनासो छ ।

पुल नहुदाँको पीडा सबैभन्दा धेरै स्कुले विद्यार्थीहरुलाई छ ,’धर्माले भनिन,‘ उनीहरुलाई दैनिक विद्यालय आउ–जाउ तुइनकै भर पर्नूपर्छ । ठुला बगरका २१ जना विद्यार्थी दिनहूँ तुइनको जोखिमपुर्ण यात्रा गर्दछन् ।’ तुइन विस्थापन गर्ने लक्ष्य सरकारले मुख्य नारा बनाएपनि उक्त नारा नारामै सीमित बनेको छ ।

No description available.No description available.

केपी ओलीको तुइन विस्थापित घोषणा कागजमै सीमित, जाजरकोटमा अझै तुइनबाटै खोला तर्नुपर्ने बाध्यता

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक

Leave a comment

Your email address will not be published. Required fields are marked *