पश्चिम सल्यानमा शान्ति सुरक्षाका निम्ति प्रहरीले गतिविधि बढायाे

दुर्गा विसी
सल्यान । शान्ति सुरुक्षालाई ख्याल गर्दै सल्यानको सल्लिबजारमा प्रहरीले चुनाव लक्षित सक्रियता बढाएको हो ।
चुनावको समयमा हुने झै–झगडाको मुख्य कारण मानिने अवैध मदिरा जन्य पदार्थ विक्री वितरणमा कडाइ गर्न थालेको हो । साथै बीना कामकाज राती १० बजेपछि स्थानीयलाई घरबाहिर नहिड्न समेत अनुरोध गरिएको छ ।

सनिबार मात्रै ईलाका प्रहरी कार्यालय सल्लीबजारले अवैध घरेलु मदिरा नस्ट गरेको छ । सल्लीबजारका विभिन्न होटलहरुबाट ५० लिटर घरेलु मदिरा र मदिरा बनाउनका लागि तयार पारिएको कच्चापदार्थ नष्ट गरेको छ।

महिला हिंसा, घरेलु हिंसा तथा आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै अवैध घरेलु मदिरा नष्ट गरिएको प्रहरी इन्चार्ज दत्त बहादुर मल्लले जानकारी दिए ।
बरामद भएको मदिर स्थानिय बुद्धिजीवी, सर्वसाधारण तथा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय सल्लीबजारले प्रत्येक महिनाको १५ गते बजार बन्द गर्नेदेखि जथाभावी फालिएको फोहोर व्यवस्थापन कामलाई तीव्रता दिएको छ ।

No description available.

 

पश्चिम सल्यानमा शान्ति सुरक्षाका निम्ति प्रहरीले गतिविधि बढायाे

केपी ओलीको तुइन विस्थापित घोषणा कागजमै सीमित,

Leave a comment

Your email address will not be published. Required fields are marked *