हावाहुरीले जिल्ला अदालत जाजरकोटको छाना उडायो

जाजरकोट । शुक्रबार राती आएको हावाहुरीले जिल्ला अदालत जाजरकोटको छ कोठे भवनको छाना उडाएको छ ।
साथै हावाहुरीकै कारण २० लाख भन्दा बढीको क्षती भएको अदालतले जानकारी दिएको छ ।
रातीको समयमा आएको हावाहुरीले अदालतको लेखा तथा मेलमिलाप शाखा, श्रेस्तेदार तथा तहसिलदारको निवास एवं सुरक्षाकर्मीहरुको आवास रहेको भवनको छाना उढाउनुको साथै पर्खाल भत्काएको छ ।
उडाएको छ भने पर्खाल पनि भत्किएको छ।यस्तै भवनमा रहेको लेखा र मेलमिलाप शाखाका कुर्सी, टेवुल र आलमारी टुटपुट तथा भाँचकुच भएर झण्डै ६ लाख बराबरको क्षती भएको छ ।
छ हजार बराबरको नेट, ईन्टरनेट, टेलिफोन र विजुलीको तारमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।






