हुम्लामा चार वडाध्यक्ष र चार वडा सदस्य निर्विरोध

 

हुम्ला । हिमाली जिल्ला हुम्लामा ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् ।

सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लामा चार वडाध्यक्ष र चार वडा सदस्य निर्विरोध

काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहले पाए चुनाव

Leave a comment

Your email address will not be published. Required fields are marked *