काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं। काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिदैछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले उनलाई लौरो चुनाव चिह्नका रुपमा दिइएको बताएको छ। चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले लौरो चुनाव चिन्ह पाएका हुन्।

उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

सुर्खेतमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

हुम्लामा चार वडाध्यक्ष र चार वडा सदस्य

Leave a comment

Your email address will not be published. Required fields are marked *