सुर्खेतमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

सुर्खेत। सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ।

केन्द्रको निर्देशन अनुसार शुक्रबार कांग्रेस र माओवादी केन्द्रबीच पालिकाहरुमा गठबन्धन बनेको हो । जस अनुसार दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा गाउँपालिकाको उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।

माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। यस्तै चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ। दुई दलबीच वडामा सहमति हुन सकेन्।

सुर्खेतमा एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिने भएको छ । माओवादी र समाजवादीले चौकुने गाउँपालिका अध्यक्षमा दावी गर्दा पाँच दलीय गठबन्धनबीच सहमति हुन सकेको थिएन्।

२०७४ सालको निर्वाचनमा चौकनेमा एमाले पहिलो भएको थियो भने माओवादी केन्द्र दोस्रो थियो।

अन्य पालिकामा माओवादी तेस्रो स्थानमा थियो। गठबन्धन बनेकाले सुर्खेतका नौ वटै पालिकाहरुमा आफूहरु विजयी हुने गठबन्धन दलका नेताहरुको दावी छ।

सुर्खेतमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

रुकुम पश्चिम : बाँफिकोट गाउँपालिकाको अध्यक्ष पदका

सुर्खेतमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहले पाए चुनाव

Leave a comment

Your email address will not be published. Required fields are marked *