विनोद शाहको हस्ताक्षर पत्रका आधारमा उम्मेदवारी खोसिएपछि….

दुर्गा विसी

सल्यान । सल्यानको कुपिण्डे नगरपालिकामा नेकपा एमालेबाट उपप्रमुखका उम्मेदवार चम्फा पुरीको उम्मेदवारी खोसिएपछि एमालेमा लफडा सुरु भएको छ ।
उनले बीना कारण आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै निन्दा गरेकी छन् ।

पार्टी अध्यक्ष गोविन्द कुमार पुनको हुकुम शैलीमा अन्तिम नामवली प्रकाशनको दिन पुरीको अनुपस्थितमा उम्मेदवारी झिकिदिएको थियोे ।प्रदेश अध्यक्ष विनोद कुमार शाहद्वारा हस्ताक्षर पत्रको आधारमा अलोकतान्त्रातिक, अराजनीतिक तरिकाले उम्मेदवारी फिर्ता गराएको उनको भनाई छ ।

उनले भनिन्,‘ स्वच्छाचारी निर्णय, अवैध कदम, नीति, विधिको उलंघन गरि सहमतिबीना यसो गर्नु गैर–जिम्मेवार कदम हो । एमाले पार्टीमा विधि र पद्धतिको उपहास भएको मैले महसुस गरेकी छु ।’

साथै सहमति वेगर उम्मेदवारी फिर्ता लिने जिल्ला पार्टी अध्यक्ष पुनलाई कारबाहिको लागि उनले जोडदार माग समेत गरेकी छन् । विज्ञप्तिमा भनिएको छ,‘ नेकपा एमालेको उपप्रमुख पदमा उम्मेदवारी दर्ता भइ छानबिन प्रक्रिया पूरा भएको सन्दर्भमा पार्टीका अमुक व्यक्तिको गैर–जिम्मेवारी पनाले नैतिक चिरहरण समेत भएको छ ।’
साथै उनले चोरबाटोबाट गयर उम्मेदवारी झिकिएकोमा आपति प्रकट गरेकी छन् भने यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही सोहि व्यक्ति हुने चेतावनी समेत दिएकी छन् ।

साथै उनले पटक–पटक आफुमाथी एमालेले राजनीतिक गद्दारी र वेइमानी, जालझेल तथा कपटपुर्ण कार्य गरेको बताएकी छन् ।

हेर्नुहोस उनको पत्र

No description available.

विनोद शाहको हस्ताक्षर पत्रका आधारमा उम्मेदवारी खोसिएपछि….

हुम्लामा चार वडाध्यक्ष र चार वडा सदस्य

विनोद शाहको हस्ताक्षर पत्रका आधारमा उम्मेदवारी खोसिएपछि….

हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *