गुर्भाकोट नगरपालिकामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

 

दिलिप ढकाल

गुर्भाकोट । गुर्भाकोट नगरपालिकामा सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका २६२ जना मध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जसका स्वतन्त्र उमेद्वार ४ जना र माओवादी केन्द्रबाट ३ जना रहेका छन्।

गुर्भाकोट नगरपालिका – २ बाट स्वतन्त्र उमेद्वारी दिएका खिमानन्द ढकाल र ६ मा स्वतन्त्र उमेद्वारी दिएका देविलाल विकले आफ्नो उमेद्वारी फिर्ता लिएका छन्।

२ नम्बरमा स्वतन्त्र उमेद्वारी दिएका सिता भण्डारी र बालकृष्ण डाँगीले वडा सदस्य पदबाट आफ्नो उमेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो ।

यस्तै माओवादी केन्द्रबाट वडा नं.–९ बाट वडा सदस्यमा आफ्नो उम्मेद्वारी दिएकी दिलमाया पुन, ५ बाट खड्ग बहादुर सुनार र वडा नम्बर ४ बाट ललिता कामीले आफ्नो उमेदारी फिर्ता छन् ।

 

गुर्भाकोट नगरपालिकामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

सल्यानकाे बनगाडका २२ जनाले उम्मेदवारी फिर्ता लिए

गुर्भाकोट नगरपालिकामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

रुकुमकाे चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *