एकीकृत समाजवादी सुर्खेतको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सुर्खेत, १६ चैत्र ।
नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् ।

एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो कमिटी पालिका र वडा तहमा पनि गठन गरिने जानकारी दिए । यो कमिटीको मुख्य उद्देश्य भनेकै निर्वाचनमा मत आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भन्ने हो ।

त्यही अनुसार हाम्रा संगठनहरुलाई क्रियाशील पारिनेछ,’उनले भने,‘ ती संगठनलाई गाउँ–गाउँमा खटाइने छ । र, अहिले जुन प्रतिगामी सोच भएका व्यक्तिहरूलाई परास्त गर्नका लागि छलफल, बहसमा खटाइनेछ ।’

उनले भने,‘स्थानीय सरकार मार्फत सुशासन, समृद्धि राजनीतिक स्थायित्व र जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने मुद्दा सहित यो कमिटी गठन गरिएको हो ।’

साथै उनले चुनावको तयारी र पार्टी संगठन निर्माण हाम्रो प्रमुख कार्यभार भएकाले उक्त, अभियानमा दायित्व बोध हुने गरी निर्वाचनमा सफलता प्राप्त गर्न जोश, जाँगर र उत्साहका साथ सामेल हुन पनि अपिल गरे । सुर्खेतमा एकीकृत समाजवादीको झण्डै ७ हजार बढी सांगठनिक सदस्यहरू रहेका छन् ।

एकीकृत समाजवादी सुर्खेतको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

YUGAAWHAN NATIONAL DAILY (2078-12-12)

एकीकृत समाजवादी सुर्खेतको ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

YUGAAWHAN NATIONAL DAILY (2078-12-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *