लागुऔषधसहित वीरेन्द्रनगरबाट दुई जना पक्राउ

सुर्खेत, १६ चैत्र ।
लागु औषधसहित सुर्खेत वीरेन्द्रनगरबाट दुई जना पक्राउ परेका छन् । सोमबार एक जना शनिहललाईनबाट र बुधबार एक जना बसपार्कबाट पक्राउ परेका हुन । नेपाल प्रहरी प्रदेश कार्यालय लागुऔषध व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधबार ११ बजे बसपार्कबाट एक जनालाई पक्राउ गरेको थियो ।

प्रहरी टोलीले जिल्ला सुर्खेत बराहताल गा.पा.१० ओदालताल बस्ने बर्ष २४ को मुकेश सिजाली पक्राउ परेका हुन । बसपार्कबाट शंकास्पद अवस्थामा फेलापारी खालतलासी गर्दा निज सिजालीबाट कागजसहित २४० मिलिग्राम र शुद्द १२० मिलिग्राम लागु औषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान भैरहेको जनाइएको छ ।

त्यसैगरी चैत्र १४ गते सोमबार सुर्खेत वीरेन्द्रनगर–६ शनिहल लाईन नजिकैबाट प्रहरी टोलीले गोप्य सूचनाका आधारमा वीरेन्द्रनगर–८ बस्ने वर्ष २८ को अर्जुन थापा पक्राउ गरेको थियो ।

शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा निजको साथबाट प्लाष्टिकसहित ७० मिलिग्राम र शुद्द २० मिलिग्राम लागु औषध ब्राउनसुगर जस्तो धुलो पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरी सुचना डेष्कबाट जानकारी दिइएको छ ।

लागुऔषधसहित वीरेन्द्रनगरबाट दुई जना पक्राउ

वित्तिय पहुँचमा कर्णाली कमजोर : दुई लाख

लागुऔषधसहित वीरेन्द्रनगरबाट दुई जना पक्राउ

नेपाल पत्रकार महासंघको संस्थागत विकास

Leave a comment

Your email address will not be published. Required fields are marked *