पञ्चपुरीमा बाख्रापालन सिप विकास तालिम

प्रेम सुनार
पञ्चपुरी (सुर्खेत), १६ चैत्र ।
सुर्खेतको पञ्चपुरी न.पा. वडा नं. ६ मा गरिवि निवारणका लागि उद्यु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तरगत पाँच दिने बाख्रापालन सिप विकास तालिम सम्पन्न भएको छ ।
आर्थिक समृद्धिको आधार : लद्यु उद्यममार्फत रोजगार भन्ने मुल नाराका साथ तालिम आयोजना गरिएको थियो । पञ्चपुरी नगरपालिका वडा नं. ६ वडा कार्यालयको समन्वय तथा पञ्चपुरी नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन उपशाखाको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । परम्परागत रुपमा गरिएको बाख्रापालन व्यवसायलाई आधुनिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेयको अध्यक्षता एवं वडा अध्यक्ष खड्क बहादुर थापाको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियो ।
कर्मचारी, राजनीति दल, तालिमका सहभागीबीच कार्यक्रम सम्पन्न गरिएको हो । गरिब, अतिबिपन्न परिवारका स्थानहरुको आर्थिक अबस्थाहरु चलाउन सहजै होस भनि तालिम सञ्चालन गरिएको थियो ।







