सल्यान पश्चिममा अझै छाउपडि प्रथाको अवशेष जिवित रहेको

दुर्गा विसि
सल्यान, १५ असार ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्र अहिल्यै छाउपडिको संकेत देखिन्छ । सुदुर पश्चिमका जिल्लाहरुमा अझै न्युनिकरण नभएको यो कु प्रथा सल्यान पश्चिमका धेरै क्षेत्रमा देख्न र भेट्न सकिन्छ । ४ दिनसम्म महिनावारी भए तिन दिन भित्र पस्न नदिनु,छुट्टाछुट्टै खानपिन र वसोवासको व्यवस्था मिलाएको हाम्रो गाउँ समाजमा अझै जारि छ ।

कतै कतै गोठमा र घरहरुमा छुट्टाछुट्टै वस्ने वसाउने गरिएको पाइन्छ । बनगाड कुपिण्डे नगरपालिकामा कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयको आयोजनामा मर्यादित महिनावारी,प्रवद्रन तथा छाउपडि प्रथा निराकरण सम्बन्धमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रम यो नगरमा पनि छाउपडि प्रथाको नम्स अझै रहेको जनाएको छ ।

त्यसको सार,रुपमा केही कम भए पनि यसको पुर्ण निर्मुलन नभएको सरोकारवालाहरुले वताए । कार्यक्रम धामीझाँक्री,पुरोहित,पण्डित,जनप्रतिनिधि,विद्यार्थी,महिला स्वास्थ्य स्वसेविका र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । महिना वारि भएको वेला छाउगोठ वा छुट्टै घरमा वस्ने लाई छाउपडि प्रथा भनिन्छ तर यो नगरमा भने यस्तो नभएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयकि महाशाखा प्रमुख अनिता ज्ञवालिका अनुसार अब बाँकी रहेको मर्यादित महिनावारी प्रथालाई पनि निर्मुल पार्न कार्यक्रम मुख्य उदेश्य रहेको जनाएको छ । कार्यक्रम उपस्थित व्यक्तिहरुले आफ्नो क्षेत्रमा महिनावारीको विद्मान अवस्थाका वारेमा अवगत गराएका थिए ।

वडा नं १ वडा अध्यक्ष थुमवहादुर विसिको सभा अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख कर्णवहादुर वुढाथोकि,नगर उप प्रमुख पुरुषोतम आचार्य विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियोे ।कार्यक्रमको सञ्चालन बनगाड कुपिण् नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख निरु शाहीले गरेको वताएको छ ।

सल्यान पश्चिममा अझै छाउपडि प्रथाको अवशेष जिवित रहेको

रुकुम पश्चिममा १९ औ धान दिवस मनाईयो

सल्यान पश्चिममा अझै छाउपडि प्रथाको अवशेष जिवित रहेको

गुर्भाकोट भालुवडार ट्रस पुल को उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *