गुर्भाकोट भालुवडार ट्रस पुल को उद्घाटन

दिलिप ढकाल
सुर्खेत,१५ असार ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ जोड्ने भुसुन्ने भालुवडार खोला स्थित ट्रस पुल को उद्घाटन भएको छ । आज एक कार्यक्रमका बीच गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन र नगर उप प्रमुख मैना बिकले रिबन काटेर पुलको उद्घाटन उद्घाटन गर्नु भएको थियो।

ग्रामीण बिकास सेवा केन्द्र दैलेख को प्राबिधिक सहयोग र गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा उक्त्त ट्रस पुल सम्पन्न भएको हो । उद्घाटन समारोहका सभाअध्यक्ष तथा निर्माण उपभोक्ता समिताका अध्यक्ष नन्दलाल भुसाल ले उक्त्त ट्रस पुल निर्माण को आयब्यय बारे जम्मा रकम २३ लाख ४७ हजार ९ सय को प्राबिधिक इस्टमेट अनुसार समयमै काम सम्पन्न भएको जानकारी दिनु भएको थियो ।

साथै वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर शाही र वडा नम्बर २ का वडा अध्यक्ष नोख बहादुर वलिले पनि आफ्ना मनतब्य राखेका थिए  । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख हस्त पुनले समयमै सम्पन्न गर्ने उपभोक्त, निकाय र समुदाय प्रती धन्यवाद दिदै यस स्थानमा अब आवत–जावत गर्न स्थानीयहरु लाई सहज भएको र थप बाकी बिकास निर्माण मा पनि आउदा दिनहरु मा पनि सहयोग गर्ने बताउनु भएको थियो ।

यसैगरी नगर उप प्रमुख मैना बिकले सम्पुर्ण निकाय प्रती धन्यवाद दिदै बिकास गर्ने क्रममा अनिवार्य आबश्यकता जहाँ छ त्यो ठाउँ लाई पहिचान गरि काम गर्दा सार्थकता पाइने बताउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख हस्त पुन, बिशेष अतिथी नगर उप प्रमुख मैना बिक,अतिथी गुर्भाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामबहादुर शाही, वडा नम्बर २ का अध्यक्ष नोख बहादुर वलि, प्राबिधिक भानु ढकाल, मालारानी प्रहरी चौकी इन्चार्ज नर बहादुर शाही, समाजसेबी मोति प्रसाद चपाई, लगायत ,स्थानीय, उपभोक्ता समितीहरुको उपस्थितिमा रहेको थियो ।

भालु वडार ट्रस पुल उपभोक्ता समिती मा अध्यक्ष नन्दलाल भुसाल कोषाध्यक्ष, सचिब टेक बहादुर पुन,डालमाया रजाली गरि ७ सदस्यीय रहनु भएको थियो । कार्यक्रम सन्चालन कासि बहादुर गाहाले गर्नु भएको थियो भने करिब ७० जना स्थानीयहरु को सहभागीता समेत रहेको थियो ।

गुर्भाकोट भालुवडार ट्रस पुल को उद्घाटन

सल्यान पश्चिममा अझै छाउपडि प्रथाको अवशेष जिवित

गुर्भाकोट भालुवडार ट्रस पुल को उद्घाटन

कुमाखमा विषयगत समिति गठनमै विवाद,समयमै गाउँ सभा

Leave a comment

Your email address will not be published. Required fields are marked *