रुकुम पश्चिममा १९ औ धान दिवस मनाईयो

प्रचण्ड खत्री
रुकुम पश्चिम,१५ असार ।

रुकुम पश्चिममा विविध कार्यक्रम गरि धान दिवस मनाएको छ । कृषि बिकास कार्यलय रुकुम पश्चिमको आयोजनामा धान दिवस मनाएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा धान दिवस मनाएको कृषि बिकास कार्यलय रुकुम पश्चिमका निमित्त कार्यलय प्रमुख मिनबहादुर केसिले बताए ।

सोलाबाङका आमा समूह , सहकारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीले सोलाबाङ बजार परिक्रमा गरि पुन ः कार्यक्रममा सहभागी भएका थिए । निमित्त कार्यलय प्रमुख मिनबहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसिको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारि प्रमानन्द घिमिरे , लगायत रुकुम पश्चिमका सहकारी कार्यलयका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी बिच रस्साकस्सीको प्रतियोगिता भएको थियोे । जसमा जनप्रतिनिधिले रस्साकस्सी मा फाईलमा पुगि १ हजार रुपैया पुरस्कार पाएको निमित्त कार्यलय प्रमुख केसिले बताए ।

रुकुम पश्चिममा १९ औ धान दिवस मनाईयो

असार १५ सम्म कर्णालीमा २८ प्रतिशतमात्रै रोपाइँ

रुकुम पश्चिममा १९ औ धान दिवस मनाईयो

सल्यान पश्चिममा अझै छाउपडि प्रथाको अवशेष जिवित

Leave a comment

Your email address will not be published. Required fields are marked *