बजेटमा कर्णालीका कुन–कुन क्षेत्र प्राथमिकतामा ?

सुर्खेत । आइतबार संसदमा प्रस्तुत गरिएकाे बजेटमा कर्णालीका पुराना तथा नायाँ योजनाहरु समेटिएका छन् ।

अघिल्लो बर्षहरुमा समेटिएका तर कार्यान्वयनमा नआएका कतिपए योजनाहरु पुनः समेटिएका छन् भने केही नयाँ योजनाहरुले पनि प्राथमिकता पाएका छन् ।

विशेषगरि कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको छ भने स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

कर्णालीमा रैथाने बालीको संरक्षण गरि कृषिलाई आधुनिकीकरण गरिने बजे कार्यक्रममा उल्लेख गरिएको छ ।त्यसका लागि आवाश्यक बजेटको व्यवस्थापन गरिएको अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिने छ भने सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि पनि बजेटको व्यवस्थापन गरिएको छ ।

‘कर्णाली समृद्धि कार्यक्रम’ अन्तर्गत जुम्लाको सिंजा उपत्यकामा एकीकृत विकास कार्यक्रमलाई आगामी बर्षमा कार्यान्वयन गरिने छ । त्यसका लागि पनि सरकारले बजेटको व्यवस्थापन गरेको जनाएको छ ।

सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर उद्योग सञ्चालन एवं निर्माण, कर्णालीको पर्यटन क्षेत्रको विकासकालाई पनि प्राथमिकतमा राखिएको छ ।

सुर्खेतको भेरिगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थलको काम अगाडी बढाईने पनि उल्लेख गरिएको छ । सुर्खेतमा हाल भइरहेको विमानस्थललाई विस्तार गर्ने कुरा लामो समयदेखि चर्चामा रहेपछि अन्तिममा आएर विकल्प खोज्ने निर्णयमा प्रदेश सरकार पुगेको थियो ।
अहिले नयाँ स्थानमा विमानस्थलको लागि पहल गरिएको हो ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टरको स्थापना गरिने योजना यो पटक पनि समेटिएको छ ।अघिल्लो आर्थिक बर्षमै बजेट समेत उल्लेख गरिएको यो योजना बजेट भने उल्लेख गरिएको छैन् ।

सरकारले कर्णाली प्रदेश अस्पताललाई पनि मेडिकल कलेजका रुपमा विकास गरिने गरि बजेटको व्यवस्थापन गरेको अर्थमनत्री शर्माले बताए । यसअघिदेखिनै चर्चामा रहेको सुर्खेत मेडिकल कलेजलाई पनि निरन्तरता दिइएको छ ।सुर्खेतको सुभाघाट वृहत खानेपानी आयोजना आगामी आर्थिक बर्षमै सम्पन्न गरिने भएको छ।

खेलकुदमा जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ भने हुम्ला जिल्लालाई आगामी आर्थिक बर्षमा राष्ट्रिय सडक सञ्जालमा जोडिने योजनलाई पुनः पनि निरन्तरदा दिइएको छ ।

यो पटक दुईवटा सुरुङ्मार्ग स्थापना गरिने बताइएको छ । सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्ने र जुम्ला –जाजरकोट सुरुङमार्ग निर्माण गरिने पनि बजेटमा समेटिएको छ ।

यद्यपि अघिल्लो आर्थिक बर्षका भनिएको कपासे–डुङ्गेश्वर सुरुङ्मार्ग निर्माण गरिने योजना गाएव भएको छ । यस्तै भेरी बबई डाइभर्सन योजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ भने हिमाली जिल्लाका दुई स्थानलाई हिमाली शहरको रुपमा विकास गरिने भएको छ । मन्त्री शर्माले डोल्पाको डोल्पोबुद्ध र हुम्लाको लिमीलाई हिमाली शहरका रुपमा विकास गरिने बताएका छन् ।

 

बजेटमा कर्णालीका कुन–कुन क्षेत्र प्राथमिकतामा ?

डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास

बजेटमा कर्णालीका कुन–कुन क्षेत्र प्राथमिकतामा ?

यस्तो अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान

Leave a comment

Your email address will not be published. Required fields are marked *