नियुक्तिपत्र र परिचयपत्र देउ

सुर्खेत, १५ जेठ ।
नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को वीरेन्द्रनगर सुर्खेतमा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बल बहादुर सोती मगरको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटी निर्वाचित भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशका अध्यक्ष तेज प्रकाश जि.सी.विभिन्न क्षेत्रका श्रमिकहरुका साझा समस्याको समाधानकालागि एकजुट हुन जरुरी रहेको बताएका छन् । संविधान र श्रम ऐन भएका नीतिनियमहरुको कडाइका साथ रोजगारदाताले पालना गर्नुपर्ने बताउँदै अनिवार्य रुपमा श्रमिकहरुलाई नियुक्तिपत्र, परिचयपत्र, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा सुचिकरण नगरिए श्रम निरिक्षण प्रणालीबाट दबाब श्रृजना गर्ने बताए ।

 

अधिवेशनबाट कमिटीको उपाध्यक्षमा कल्पना शर्मा, सचिव भरत कुमार पन्त, सह–सचिव नन्दा सोमै तथा सदस्यहरु नविन गौली, रोहन सुनार, भुमिसरा बाह्रघरे, रमेश विष्ट र कल्पना खराल सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशन पूर्ण सफलताको लागि जिफन्ट केन्द्रीय महिला कमिटी सदस्य चन्द्राधामी शुभकामना मन्तव्य दिंदै महिला श्रमिकहरुको समस्याको विषयमा स्थानीय सरकारमा समाधानका लागि पहल गर्ने बताएका छन्  ।

 

सो अवसरमा क्रियाशिल घटक युनियनका नेताकार्यकर्ताहरुले नगर अधिवेशनको सफलताको शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनका सहभागिहरुले आ.व.२०७९÷०८० को नीतितथाकार्यक्रममाश्रम प्रशासन, श्रम शिक्षा र मर्यादित कामका विषयमा ठोस बजेट सहित योजना कार्यक्रम ल्याउन आवाज उठाएका छन् ।

नियुक्तिपत्र र परिचयपत्र देउ

‘‘विद्रोही स्वभाव, कम्यूनिष्ट आचरणका उज्यालो बत्ती”

Leave a comment

Your email address will not be published. Required fields are marked *