गुर्भाकोट नगरपालिकामा दम्कल आयो

दिलिप ढकाल
गुर्भाकोट, १५ चैत्र ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकाले दम्कल खरिद गरेको छ । चालू आर्थिक बर्ष २०७८/०७९ को पहिलो कार्यपालिकाको बैठकले दम्कल खरिदको लागि भन्दै रकम बिनियोजन गरेको थियो ।
नगरपालिकाको कार्यपालिका बैठकले दम्कल खरिदको लागि ६० लाख बिनियोजन गरेको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले जानकारी दिनुभयो ।
गर्मी मौसम सुरु भएकाले आगलागीका घटनाहरु धेरै हुने हुनाले नगर भित्र त्यस्ता बिपती आई लागेको खण्डमा यसले गुर्भाकोट नगर निवासीलाई ठूलो राहात दिने नगर प्रमुख हस्त पुनले जानकारी दिनुभयो ।
साथै मेयर हस्त पुनले स्थानिय स्तरमा भएका जन शक्ति परिचालन गरि दम्कल सन्चालन गरिने जानकारी दिनुभयो ।
साथै गुर्भाकोट नगरपालिकाको बढ्दो सहरीकरणलाई ध्यानमा राखेर दम्कल खरिद गरेको जानकारी दिनुभएको छ ।







