बालुवाचौर खोलीबडगाउ–स्यार्पूदह सडक बर्षौदेखि अलपत्र

प्रचण्ड खत्री
रुकुम पश्चिम, १५ चैत्र ।
रुकुम पश्चिमको बाँफिकोट गाउपालिका वडा नम्बर ४ बालुवाचौर–खोलिबडगाउ–डार्ने हुदै पर्यटकीय स्थल स्यार्पुतालसम्म जोड्ने सडक अहिलेसम्म मर्मत हुन सकेको छैन ।

२०७३ साल माघमा खनिएको सडक अहिले ५ बर्ष बितिसक्दा पनि मर्मतमा कसैले ध्यान दिन नसकेको खोलिबडगाउका स्थानीय खम्बु खत्रीले बताए ।

सडक सुचारु नहुँदा स्थानीयहरु मारमा परेका छन् । अर्का स्थानीय धर्मु खत्रीका अनुसार पहिला सडक सुचारु भयो अहिले मर्मतमा कसैले ध्यान नदिदा गाह्रो भएकोछ ।

धर्मुका अनुसार बालुवाचौर देखि स्यार्पुताल झन्डै ८ किलोमिटर पर्छ । त्यस अन्तरगत झन्डै २ किलोमिटर १ स्थानीय बुद्दिजिबीले खोलिबडगाउ सम्म सडक सुचारु गरेका छन् ।

सडकको निर्माण गर्नको लागि बाँफिकोट गाउँपालिकाको २० लाख साबिकको बाफिकोट गाबिस बाट ८ लाख, जाईका कम्पनीबाट २ लाख ५० हजार र स्थानीयको जनश्रमदान ४ लाख ५० हजार गरि ३४ लाख ५० हजारमा उक्त सडक ५ बर्ष अगाडी निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिब प्रशान्त जैसीले बताए ।

अहिले सम्म सडक मर्मतमा कसैले ध्यान दिएको छैनन । नयाँ जनप्रतिनिधि आउँदा समेत बाटो सुचारु हुन सकेन । २०७३ का स्थानीय चुनाबका जनप्रतिनिधिले बाचा गरे पनि अहिलेसम्म नत ४ नम्बर वडाका जनप्रतिनिधि नत ३ नम्बर वडाका जनप्रतिनिधिले सुचारु गरे यस बाटोमा लाखौ रकम खर्च गरि निर्माण भएको थियो ।

आउँदा जनप्रतिनिधिले यस बाटो मर्मत गरिदिन स्थानीयले अनुरोध गरेका छन् । करिब ५ बर्ष बिती सक्दा पनि कसैको ध्यान गएको छैन । बाटो मर्मत नहुदा स्थानीयलाई गाई भैसी चराउन , घास काट्न जान र गोरु भैसीलाई चराउन लैजान सास्थी भएको खोलिबडगाउका स्थानीय रमिता केसीले बताईन बाटोमा पहिरो खसेको छ, कतै ढुंगा बाटोमा खसेको छ यसले गर्दा स्थानीयलाई असहजता भएको छ ।

बालुवाचौर खोलीबडगाउ–स्यार्पूदह सडक बर्षौदेखि अलपत्र

हतियार बुझाउन जाजरकोट प्रशासनको अल्टिमेटम

बालुवाचौर खोलीबडगाउ–स्यार्पूदह सडक बर्षौदेखि अलपत्र

भाषा परीक्षाका लागि आवेदन खुला

Leave a comment

Your email address will not be published. Required fields are marked *