२०८३ असार २ गते
×

Now Playing

कर्णालीका गजेन्द्रले भने : गाली गर्नेलाई तीन घण्टा, कर्णालीकाे आवाज राख्न ३ मिनेट ?

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सभामुखमार्फत संसदमा तालाचाबी बुझाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा तीन घण्टा लामो सम्बोधनपछि सत्तापक्षको सांसदहरुले त्यसको जवाफ दिएपछि एमालेले संसद् अवरोध गरेपछि व्याङ्य गर्दै संसदमा तालाचाबी बुझाएका हुन्।

उनले एमालेप्रति कटाक्ष गर्दै भने, ‘प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन जस्तो लागेको छ। अहिले पनि ठूलो स्वर गर्दा बोल्न पाइँदैन कि भन्ने चिन्तामै छु। उहाँहरू धित मरुञ्जेल गाली गर्नुहुन्छ। धित परेपछि अवरोध गरेर तालाचाबी लगाउन खोज्नुहुन्छ। त्यसैले मैले उहाँहरूलाई तालाचाबी ल्याइदिएको छु। तपाईंहरू धित मरुञ्जेल बोल्नुहोला हामी बोल्ने बेलामा ताला लगाउनुहोला। फेरि बोल्न मन भएपछि खोल्नुहोला।’

गाली गर्नेलाई तीन घण्टा समय दिएको भए पनि कर्णालीकी आवाज राख्न ३ मिनेट मात्रै दिएको पनि उनले गुनासो गरे।

‘हिजो उहाँहरूले शब्द सञ्चाउने कुरा उठाउनुभयो। दुईवटा शब्द छ यहाँ सच्याउनुपर्ने। दानवीर वलीको ठाउँमा दानवीर ओली राख्नुपर्‍यो। बिलीनको ठाउँमा ओलीदान राख्नुपर्‍यो। उहाँ बलिदान त स्वीकार्नुहुन्न’ उनको भनाइ छ।

शुक्रबारको बैठकमा ओलीको आलोचना गरेको भन्दै एमाले सांसदहरुले संसदमा अवरोध गरेका थिए।

कर्णालीका गजेन्द्रले भने : गाली गर्नेलाई तीन घण्टा, कर्णालीकाे आवाज राख्न ३ मिनेट ?

डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *