बबईको उन्नती खोलामा ट्रक दुर्घटना, चालकको मृत्यु

सुर्खेत । कोहलपुरबाट सुर्खेतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सरिया र सिमेन्ट बोकेको लु २ ख ८८३ नम्बरको ट्रक रत्न राजमार्गको चिसापनी-बबइ खण्डको बाँसगढी नगरपालिका-१ उन्नती खोलामा आज विहान दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिव ६० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी दिए । दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

उनकाअनुसार दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका-१ नुवाकोटका ३६ वर्षीय सोम तामाङ छन् ।

बबईको उन्नती खोलामा ट्रक दुर्घटना, चालकको मृत्यु

अस्थाई प्रहरी विटको भवन उद्घाटन

बबईको उन्नती खोलामा ट्रक दुर्घटना, चालकको मृत्यु

अवैध अफिम खेति नष्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *