सुर्खेतमा पिउने पानीको मुल्य बढ्यो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मुल्य बढेको छ । प्रशोधित पिउने पानी उत्पादकहरूको आइतबार बसेको बैठकले चतै १५ गतेदेखि लागु हुनेगरि पिउने पानीको मुल्य बढाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेश वाटर एण्ड वेभरेज प्रा.लिका सञ्चालक अभिनाश थानीका अनुसार जार पानी फुटकरमा प्रति जार ४५०, होलसेलमा ४००, प्रति डिस्पेन्सर ४०० कायम गरिएको छ । यस्तै, जार पानी फुटकर ७५ र होलसेललाई ६० तथा एक लिटर बोतल पानीको प्रतिपेटी १८० रुपैयाँ कायम गरिएको छ ।

वीरेन्द्रनगरमा सञ्चालित उक्त पिउने पानी उत्पादक कम्पनीहरूले उद्योगी व्यवसायीको हकहित र वृत्ति विकासका लागि व्यवसायीक संघ गठन गर्ने निर्णय समेत गरेका छन् ।

वीरेन्द्रनगरमा जय श्री प्रशोधित पानी उद्योग, मध्यपश्चिम वटर, कर्णाली प्रदेश वाटर एण्ड वेभरेज, आरआर ड्रिकिङ्ग वटर, तिलाकर्णाली प्रशोधित खानेपानी उद्योग र बौद्ध ग्रामिण प्रशोधित खानेपानी उद्योग सञ्चालनमा छन् ।

सुर्खेतमा पिउने पानीको मुल्य बढ्यो

एमयुकाे दाेस्राे दीक्षान्त समाराेह स्थगित

सुर्खेतमा पिउने पानीको मुल्य बढ्यो

अस्थाई प्रहरी विटको भवन उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *