गुलमोहरका बिरुवा ठाँटीबजारमा वृक्षरोपण

सुर्खेत ११ असोज ।

विश्व पर्यटन दिवसको अवसरमा मटेला ब्वाइज द्वारा ७० वटा गुलमोहरका बिरुवा ठाँटीबजारमा वृक्षरोपण गरेका छन् ।

चिङ्गाड गाउँपालिकाको मुख्य व्यापारीक केन्द्रको रुपमा रहेको ठाँटीबजारमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । ब्वाईजले चिङ्गाड खोलाको वारी पारी दुवै क्षेत्रमा ठाँटी बजारलाई व्यापारीक केन्द्रका रुपमा मात्र नभई पर्यटकिय क्षेत्रका रुपमा पनि चिनाउन लागी परेको ब्वाइजका संस्थापक संयोजक चन्द्र जिसीले बताएका छन् ।

योजना अनुरुप र क्लिन एन्ड ग्रीनका संयोजक किरण सापकोटाको आर्थिक सहयोगमा तथा मटेला ब्वाइजको समन्वयमा वृक्षरोपण कार्यक्रम गरिएको हो। ब्वाईजका १० जना मेम्बर कृष्ण बहादुर जिसी, दिनेश जिसी, हिमाल जिसी, घनश्याम राना, दर्शन जिसी, गोपी कृष्ण जिसी, धर्मराज आर सी, अर्जुन जिसी, तिलक जिसी, गोलमाेल शाही, प्रवीण गिरी लगायतको उपस्थित रहेको थियो ।

यस अघि मटेला ब्वाइजले ठाँटिबजारको लागि १०० वटा डस्टबिन र चिङ्गाड गाउँपालिका वडा नं ३ र ४ मा पर्ने साविक मटेला गा.वि.सका १४ वटा विद्यालयका ७५ जना गरिब तथा आर्थिक विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको थियो ।

कार्यक्रम वडा नं ४ का अध्यक्ष टेक बहादुर राना, बजार ब्यबस्थापन समितिका अध्यक्ष महेश जिसी द्वारा वृक्षारोपण सुरु गरिएको हो।

गुलमोहरका बिरुवा ठाँटीबजारमा वृक्षरोपण

बाफिकोटमा बजार अनुगमन सम्पन्न १५ लाख बराबरको

गुलमोहरका बिरुवा ठाँटीबजारमा वृक्षरोपण

YUGAAWHAN NATIONAL DAILY (2079-06-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *