बाफिकोटमा बजार अनुगमन सम्पन्न १५ लाख बराबरको सामान जफत

प्रचण्ड खत्री
रुकुम पश्चिम,११ असोज ।
रुकुम पश्चिमको बाफिकोट गाउपालिकामा बजार अनुगमन गरिएको छ | गाउपालिकाका बिभिन्न वडामा बजार अनुगमन गरिएको हो | गाउपालिकाको मुख्य व्यापारिक केन्द्र छिनखेत , स्यार्पूदह , नेटाबजारमा अनुगमन गरि सामान जफत गरिएको बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीले बताए |
बजार अनुगमनबाट भानु नुन , पेयपदार्थ , बियर रक्सि , भोला , चाउचाउ जस्ता सामान जफत गरि गाउपालिकामा राखिएको छ | अनावश्यक रुपमा बेच्न राखिएका रक्सि जफत गरिएको छ | उनीहरुलाई आवस्यक रुपमा कारबाही गरिने बताएको छ |
बजार अनुगमन बाट १५ लाख बराबरको सामान जफत गरिएको हो | साथै ४ वटा मेडिकल पनि सिल गरिएको छ | छिनखेतका २ वटा , बाफिकोटको कोटको १ वटा र वडा नम्बर १ को लागिममा १ वटा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए |
गाउपालिका अनुसार पसल दर्ता गरि संचालनमा ल्याएका ब्यापारी लाई करको दायरा ल्याउनको निम्ति बजार अनुगमन गरिएको हो | अबिकरण नगरेका ब्यापारी लाई १५ दिनको अल्टिमेटम दियको छ | १५ दिन भित्र कर नबुझायामा पसल सिल बन्दि गरिने छ | नबिकरण गर्न सुझाब दिएको छ |
बिना दर्ता संचालन गरिभएका १४ वटा पसल गाउपालिका आफैले ताला लगाईदिएको छ | सबै सामान गरि १५ लाख बराबरको जफत भएको छ | जनप्रतिनिधिको रोहबरमा सामान नस्ट गरिने बताएको छ |
अनुगमन टोलीमा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओली , उत्घोग तथा उपभोक्ता संरक्षण कार्यालय रुकुम पशिमका प्रतिनिधि ठकेन्द्र केसी , मोहन खड्का , नेपाल पत्रकार महासंघका रुकुम पशिमका प्रतिनिधि प्रचण्ड खत्री , ईलाका प्रहरी कार्यालय बाफिकोटका प्रतिनिधिहरुको सहभागिता रहेको थियो |






