घटेन ‘बोक्सी’को निहुँमा यातना

पुनम वि सी

सुर्खेत ११ साउन ।

अशिक्षा र अन्धविश्वासका कारण पछाडि परेको कर्णालीमा महिलालाई बोक्सीको आरोपमा यातना दिने, दुव्र्यवहार गर्ने क्रममा कमी आएको देखिदैन । बोक्सीको आरोपमा कुटपिट गर्ने, सार्वजनिक रुपमा दुव्र्यवहार र अमानवीय व्यवहार गर्नेहरुलाई अभद्र व्यवहारको कसुरमा सजाय हुने गरेपनि कर्णालीमा व्याप्त अन्धविश्वास र अशिक्षाका कारण यस्ता घटना दोहोरिने गरेको पाइएको हो ।

अघिल्लो वर्ष पुषमा सुर्खेतको लेकवेशी नगरपालिका–४ सिमलेमा ।।।बोक्सी’ भन्दै एक महिलालाई कथित धामी र पुजारीले पैताला चटाउने जस्तो घृणित कार्य गराएका थिए । पछि प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको थियो । यसैगरी सल्यानमापनि बोक्सीभन्दै दुव्र्यवहार गर्ने तीनजना महिलालाई सल्यान जिल्ला अदालतलले ६ महिनाको कैद सजायको फैसला गरेको थियो ।

 

सल्यननकाे  शारदा  नगरपालिका–१ बम तीन जना महिलाले ६० वर्षीय महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार गरेको ठहर गर्दै ६ महिना कैद र ५ हजार रुपैयाँसम्म जरिवानाबमे फैसला सुनाएको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा जाजरकोटमा एक र सल्यानमा तीन वटा यस्ता घटनाबारे उजुरी दर्ता भई कारवाही प्रक्रिया अघि बढाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेले जनाएको छ ।

मुलुकी अपराधसंहिता, २०७४ को धारा १६८ अपमानजनक तथा अमानवीय कसुर गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

 बालविवाह र बल्त्कारकाे समस्या पनि उस्तै 

कर्णाली प्रदेशमा बहुविवाहसंगै बालविवाह र बालिका बलात्कारको घटनापनि धेरैनै हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । गत वर्ष दैलेखको नारायण नगरपालिका–५ का २२ वर्षीय युवालाई बालविवाह गरेको ठहर गर्दै अदालतले एक वर्ष कैद र १० हजार जरिवाना फैसला गरेको थियो । यसैगरी उमेर नपुगी बालविवाह गर्ने १६ वर्षीया बालिकालाई समेत जिल्ला अदालतले ६ महिना कैद सजाय तोकेको थियो । बालिकाको पढाई लेखाईको निरन्तरताका लागि बाल सुधारगृहमा जानु नपर्ने गरी भन्दै अदालतले पछि गएर बालिकाको सजाय स्थगन गरेको थियो ।

विगत तीन आर्थिक वर्षमा कर्णालीमा वालविवाहको अवस्था झन् बढ्न थालेको देखिन्छ । आ.व २०७६÷०७७ मा जम्मा १० वटा वालविवाहका उजुरी परेको प्रहरीमा २०७७÷०७८ मा आएर पनि त्यत्तिनै संख्या र गत आर्थिक वर्षमा २० वटा उजुरी परेको जनाएको छ । प्रदेशगत रुपमा हेर्दा सुर्खेत जिल्लामा पनि बहुविवाह, बालविवाह, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र
बोक्सीको आरोपका घटनाहरुका उजुरी धेरै छन् ।

सुर्खेतमा अघिल्लो आर्थिक वर्षमा यस्ता ९६ उजुरी प्रहरीले दर्ता गरेको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन आर्थिक वर्षको अवधिमा प्रहरीमा जवरजस्ती करणी सम्वन्धीमा धेरै उजुरी परेको देखिन्छ । आ.व २०७६÷०७७ मा जबर जस्ती करणी सम्वन्धीका कुल एक सय २४ उजुरी प्रहरीकोमा पुगेका छन् भने आ.व २०७७÷०७८ मा एक सय ४८ उजुरी प्रहरीले दर्ता गरेको छ ।

यसैगरी २०७÷०७९ मा जवरजस्ती करणीका कुल एक सय ५० उजुरी दर्ता भएका छन् । जवरजस्ती करणी उद्योगमा आ.व. २०७६÷०७७ मा प्रहरीले कुल ५४ उजुरी दर्ता गरेको छ । यस्तै २०७७÷०७ मा ३९ र २०७८÷०७९ मा ४३ वटा उजुरी प्रहरीमा परेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । प ्र ह र ी क ा े म ा अ ा ए क ा उजुरीको विषयगत संख्या विवरण हेर्दा कर्णालीमा महिलामाथि हुने हिंसा तथा उपराधका घटनामा बहुविवाहको अवस्था पनि उत्तिकै देखिएको छ ।

आ.व २०७६÷०७७ मा कर्णाली प्रदेश प्रहरीले कुल ७१ वटा बहुविवाहका उजुरी दर्ता गरेको छ । यसैगरी २०७७÷०७८ मा ७९ र अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ९२ वटा बहुविवाहका उजुरी प्रहरीमा आइपुगेका छन । महिलामाथि हुने हिंसा तथा अपराध सम्वन्धिको घटनाको अवस्थापनि कर्णालीमा उस्तै रहेको प्रहरीकै तथ्यांकले देखाउँछ । गत वर्ष सुर्खेतमा प्रहरीले तीन सय नौं वटा यस्तै महिला हिंसासम्बन्धी उजुरी दर्ता गरेको छ ।

प्रदेशका अन्य जिल्लागत रुपमा हेर्दा दैलेखमा ५१, जाजरकोटमा १, रुकुम पश्चिममा २२, सल्यानमा ६७, जुम्लामा १, डोल्पा र हुम्लामा ६÷६ वटा, मुगुमा ७ र कालिकोटमा १८ वटा उजुरी प्रहरीले भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता पाण्डेले जानकारि दिए ।

 

घटेन ‘बोक्सी’को निहुँमा यातना

शिखर माबि रामघाटमा शिक्षक कर्मचारीहरूको लागि ४

घटेन ‘बोक्सी’को निहुँमा यातना

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को

Leave a comment

Your email address will not be published. Required fields are marked *