शिखर माबि रामघाटमा शिक्षक कर्मचारीहरूको लागि ४ दिने कम्प्युटर तालिम सुरु
दिलिप ढकाल
सुर्खेत ११ साउन ।
शैक्षिक क्षेत्रको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कर्णाली प्रदेश को प्रवेश द्वारको रुपमा रहेको भेरिगंगा नगरपालिका वडा नम्बर ११ रामघाट स्थित शिखर माध्यामिक बिद्यालयमा शिक्षक कर्मचारीको लागि चार दिने कम्प्युटर तालिम सुरु भएको छ ।

सुचना प्रबिधि मैत्री बिद्यालय बनाउनको लागि शिक्षक शिक्षिका लाई उक्त कम्प्युटर तालिम दीईएको शिखर माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर सिंह ले जानकारी दिनु भयो। भेरीगंगा नगरपालिका वडा न ११ का वडा अध्यक्ष जय बहादुर नेपाली को अध्यक्षतामा तथा भेरिगंगा नगरपालिका क शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख गजेन्द्र कुमार जि सी को प्रमुख आतिथ्यतामा कम्प्युटर तालिम सुरुवात् गरिएको हो।
शिखर माध्यमिक विद्यालयको आफ्नै कम्प्युटर ल्याबमा एक कार्यक्रमका बिच कम्प्युटर तालिमको उद्घाटन सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक जनक बहादुर सिंहले स्वागत एवम् कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।कार्यक्रममा भेरीगंगा नगरपालिका का आई टि अफिसर अनिल चपाईँ पनि उपस्थिति रहेको थियो ।
प्रशिक्षक को रुपमा शारदा माध्यामिक विद्यालयका छिन्चुका प्रधानाध्यापक जीतेन्द्र राज वली को उपस्थिति रहेको थियो। चार दिन सम्म संचालन हुने कम्प्युटर तालिम यहि श्रावन १३ गतेसम्म सञ्चालन हुनेछ । सोही कार्यक्रममा विद्यालयले शिक्षक कर्मचारीलाई विद्यालयको लोगो अंकित झोला वितरण गरिएको थियो। शिक्षक शिक्षिका लाई शैक्षिक सामाग्री ल्याउन लान सहज होस् भन्ने उदेश्यले एक एक थान झोला वितरण गरिएको हो।




