सिम्ताका १३ सय ५० विपन्न घरधुरीलाई बाख्रा वितरण

दुर्गा विसी

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा अति विपन्न घरपरिवारलाई बाख्रा र बोका वितरण गरिएको छ । झण्डै एक हजार तीन सय ५० घरधुरीलाई उन्नत जातका बाख्रा र बोका वितरण गरिएको हो ।

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा संचालित कृषि तथा पशु उद्यमसिलता विकास परीयोजना अन्तर्गत पालिका ९ वटै वडालाई समेटेर दलित, विपन्न, तथा जनजाति परिवारहरुका विभिन्न ५४ वटा स्वाबलम्बी समूहहरूलाई बाख्राहरु हस्तान्तरण गरिएको छ ।

सहकारीमा संगठित गरि सामाजिक पूँजीको अभिवृद्धि गर्ने, कृषि उपज तथा पशुबस्तुहरूको गुणस्तरिय उत्पादन, उत्पादकत्व मूलत बाख्रा केन्द्रीकृत उद्यमशिलता अभिवृद्धि गर्ने मुख्य उदेश्य सहित बाख्रा वितरण गरिएको बाख्रा तथा उन्नत जातका वोका उपहार वितरण कार्यक्रमक संस्थाका कार्यक्रम संयोजक ओम प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार बजारीकरण गर्ने कुरामा सहजीकरण गर्ने तथा कृषि उपज तथा पशुवस्तुहरूको विषयगत क्षेत्रको विकासका लागि संस्थागत संयन्त्र निर्माणार्थ सकारात्मक वातावरण सृजना गर्ने भन्ने उद्धेश्य रहेको छ । समुहमा ९ वटा उन्नत जातको बोका तथा ७२ वटा गरेर वितरण गरिएको उनले बताए ।

 

सिम्ताका १३ सय ५० विपन्न घरधुरीलाई बाख्रा वितरण

सुर्खेत-दैलेख जिल्ला समन्वयमा बहुमत नपुग्दा सकस

सिम्ताका १३ सय ५० विपन्न घरधुरीलाई बाख्रा वितरण

आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *