अवैध चितुवाको छालासहित ३ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले अवैध चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान वीरेन्द्रनगरको बसपार्कस्थित सुनिता होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–८ घर भइ हाल वीरेन्द्रनगर–१२ बस्दै आएका ४० वर्षीया दलबहादुर बुढा, वडा नं.– १४ बस्ने ४१ बर्षीया भरतबहादुर बुढा र २३ वर्षीया अमरबहादुर थापा रहेका छन् ।

शंकास्पद अवस्थामा फेला परेका उनीहरुको शरीर र होटलको कोठामा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले बताएको छ ।

कारबाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा पठाइएको छ ।

अवैध चितुवाको छालासहित ३ जना पक्राउ

कालिकोटमा गठबन्धन दलभन्दा बाहिर तालमेल नगर्ने सहमति

Leave a comment

Your email address will not be published. Required fields are marked *