कालिकोटमा गठबन्धन दलभन्दा बाहिर तालमेल नगर्ने सहमति

कालिकोटमा दलहरूले आन्तरिक सहमति हुन नसके गठबन्धनभन्दा बाहिरका दलसँग तालमेल नगर्ने सहमति गरेका छन् ।
बुधबार जिल्लामा रहेका दलहरूले गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने तर, अन्य पार्टीसँग तालमेल गर्न नपाउने निर्णय गरेका हुन् ।
जिल्लाका ५ दलीय संयन्त्रका दलहरूले कालिकोटका ९ वटै स्थानीय तहमा गठबन्धनभित्र मात्र तालमेलका लागि पार्टीका स्थानीय तहलाई तत्काल बैठक बसि सहमति कायम गर्न अधिकार दिने गरेका हुन् ।
गठबन्धन दलहरू कमजोर भएका स्थानीय तह र वडाहरूमा अनिवार्य गठबन्धन गरी सम्बन्धित स्थानीय तहहरूले चुनाव जिताउन विशेष पहल गर्ने निर्णय पनि कालिकोटमा भएको छ ।
हेर्नुस् परिपत्र







