पञ्चपुरीमा खानेपानीको हाहाकार राती १२ बजेसम्म पालो कुर्दै

वसन्त कुमार शर्मा
सुर्खेत, १४ बैशाख ।
कर्णाली प्रदेश राजधानीबाट करिव ६० किलोमिटरको दुरि रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं. १ मा रहेको फार्से काँडामा खानेपानीको हाहाकार रहेको छ । एक गाग्रो पिउने पानीको जोहो गर्न स्थानीय गाउँलेहरु रातीको १२ बजेसम्म लाईन बस्नु पर्ने बाध्यता रहेको छ ।
स्थानीय जनतालाई खानेपानीको उचित प्रबन्ध मिलाउन ५ बर्ष पहिले लागेको ठेक्का अहिले अहिलेसम्म पूरा नहुँदा ठेकेदार कम्पनी राम्रोसग काम नगरी भौतिक संरचना, सोलार पाताहरु जलेर जिर्ण अवस्था पुगेका छन् ।
पाईप, तारबार लथालिङ्ग भएर छोडि दिएको स्थानीय सरकारले पनि हाम्रो माग सुनुवाई नगरेर व्यवस्ता गरेको चुनावको बेला भोट माग्ने काम मात्रै भएको स्थानीय नबिन चपाइले गुनासो छ ।
उनले भने ‘पहिले हामी यो गाउँमा करिब ९६ घरधुरीको बसोबास थियो पानीको समस्याले गर्दा अहिले ४२ घरधुरी बसोबास गर्छौ हामी पनि कता जाने हो बृद्ध बुवाआमा, अशक्त असहायलाई झन गाह्रो भएको छ ।’
चुनावको बेला बिद्युत सहज खानेपानी आपूर्ति हुन्छ भने पछि गएर हामीलाई कर असुल गर्ने र भोट माग्ने थलो मात्रै भएको जानकारी दिए ।
यो बिषयमा पन्चपुरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष साथै हालका निर्वाचनका मेयर पदका उम्मेदवार धन बहादुर थापालाई यो योजना अलपत्र रहेको जानकारी हुँदा हुँदै कुनै पहल नभएको जनाइएको छ । ठेकेदारलाई कारबाही वा छिटो काम गर्ने विषयमा उनले आफैलाई अप्ठ्यारो लागेको बताए ।
‘यो कामको जिम्मा लगेको ठेकेदार कम्पनीलाई मैले भेटेर काम तुरुन्त गर्नु भने साथै काम नगर्ने ठेकेदारलाई पटक पटक कामको दायित्व सार्ने ठेकेदार कम्पनीलाई कालो सुचिमा राखौ कामको दायित्व सार्ने काम नगरांै भनेर नगर कार्यपालिका कुरा गरेको बताए ।
साथ सहयोग कसैबाट नभएर नगर सरकार र ठेकेदार कम्पनी उतरदायी भएन त्यसैले अलपत्र परेको बताए । यो विशेष अनुदानबाट प्रत्येक बर्ष केन्द्र सरकारले बजेट हालिदिने र योजना सप्पन्न हुने हो तर फेरि अहिले यो खानेपानी योजना सम्पन्न गर्न ३ करोडको टेन्डर भएको छ अब छिट्टै योजना सम्पन्न हुने जानकारी दिइएको छ ।






