कालिमाटीमा १३२ जनाको मनोनयन दर्ता

दिलिप ढकाल
गुर्भाकोट, १४ बैशाख
यति बेला देशनै चुनावमय भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनको लागि यहि बैशाख ११ र १२ गते उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।
कतिपय स्थानीय तहमा सर्बसम्मत उम्मेद्वारी दर्ता भएको छ भने कतिपय स्थानमा असन्तुस्ट पक्षले आफु आबद्द भएकै पार्टीको उम्मेद्वार बिरुद्द बागी उम्मेद्वारी दिएका छन् । भने कतिपय स्थानिय तहमा स्वतन्त्र उमेद्वारी पनि दर्ता भएको छ ।
त्यस्तै सल्यानको कालिमाटी गाउँपालिकामा स्थानीय तहको निर्बाचनको लागि जम्मा १३२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । गाउँपालिका प्रमुख पदमा ५ जना, उपप्रमुख पदमा ४ जना, लगायत सबै वडाहरुमा भिन्न दल हरुले वडा अध्यक्ष लगायत वडा सदस्यमा आफ्नो उमेद्वारी दर्ता गराएका छन् ।
कालिमाटी गाउँपालिकाको अध्यक्षको लागि नेकपा एमालेको तर्फबाट निबर्तमान गाउँपालिका अध्यक्ष दान बहादुर खत्री, नेपाली कांग्रेसको तर्फबाट भरत पुन, नेकपा माओवादी केन्द्रको तर्फबाट पुरुषोत्तम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट तुलसीराम वलीले आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।
कालिमाटी गाउँपालिकाको अध्यक्ष पदको लागि तुलसी केसीले स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै कालिमाटी गाउँपालिकाको उपाध्यक्षको लागि नेकपा एमालेको तर्फबाट सहनशिलता वली डिसी, नेपाली कांग्रेसको तर्फबाट काशिमाया राना, एकीकृत समाजबादीको तर्फबाट ज्ञान्द्र केसी र रास्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कृष्णी पुनले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै जनता समाजबादी पार्टीको तर्फबाट वडा नम्बर ५ को अध्यक्ष पदको लागि उम्मेद्वारी मनोनयन दर्ता भएको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कालिमाटी गाउँपालिकाको सहायक निर्बाचन अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनुभयो ।






