दैलेखबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो, महाबुको सौर्य आयोजना अन्तिम चरणमा

दैलेख, १३ माघ ।
दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारणलाईनमा जडान गरिएको छ । दैलेखबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जडान कर्णाली प्रदेशकै पहिलो हो । विद्युत उत्पादन सफल परीक्षण भएको छ । नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३.७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।

दुई वर्षअघि निर्माण सम्पन्न भएको द्वारी हाइड्रोपावर र भर्खरैमात्र निर्माण सम्पन्न भएको पदमखोला हाइड्रोपावरको परीक्षण गरिएसँगै दैलेख अब अँध्यारोमुक्त हुने आशा पलाएको छ । द्वारी र पदमखोला हाइड्रोपावरबाट उत्पादन भएको बिजुली सिधै राष्ट्रिय प्रसारणमा जान थालेपछि दैलेखका बासिन्दाले बत्तीको सुविधा पाउन सकेका थिएनन् ।

कम्पनीले गरेको विद्युत् खरिद सम्झौतामा समेत आपतकालीन अवस्थामा आइसोलेसन (अफग्रिड) मोडमा विद्युत् उत्पादन गरेर जिल्लालाई प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ । त्यही प्रावधानअनुसार दुवै आयोजनाले ग्रिड लाइनमा बत्ती नआएको बेलामा आइसोलेसन मोडबाट विद्युत् उत्पादन गरेर जिल्ला सदरमुकाम दैलेखमा वितरणका लागि परीक्षण थालेका थिए र त्यसको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दैलेखले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पावरहाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम सुरु गरिएको र अब विद्युत् नियमित हुनेछ ।’

‘पहिलो चरण अर्थात् यही माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त हुनेछ भने चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियानको थालनी गरिएको दैलेख शाखाका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले दुईवटै हाइड्रोबाट ८.२५ मेगावाट विद्युत् उत्पादन हुने भए पनि अहिले पानीको बहाव घटेसँगै उत्पादनमा समेत कमी आएको बताउनुभयो । उहाँले अहिले दुई मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो ।

महावुको सौर्य आयोजना अन्तिम चरणमा
जिल्लाको महावु गाउँपालिका–३ बासीको रिठ्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी बासी रिठ्ठाका ४६६ घरधुरीमा जडान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको छ करोड ५३ लाख रुपियाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौँ ठेक्का दिएको हो ।

ठेकेदार कम्पनीका सिनियर प्राविधिक गोकर्ण आलेले आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको दाबी गर्नुभयो । उहाँले गत फागुनमा सम्झौता भए पनि कोरोनाका कारण काम साउन महिनादेखि सुरु भएको र पावरहाउस निर्माण भएपछि अन्य पोलिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।

यो आयोजनामा ३२५ वाट क्षमताका ३७० हजार सोलार पाता जडान गरिएको छ, जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ । यो प्लान्टले २४ घण्टा विद्युत् उत्पादन गर्नेछ । यसैबीच, जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिले पावरहाउस निर्माण र पक्की शौचालय निर्माणको सार्वजनिक सुनुवाइ गरेको छ ।

उपभोक्ता समिति र कम्पनीबीच १७ लाख रुपियाँमा निर्माण गर्ने सम्झौता भए पनि पावरहाउस र पक्की शौचालय निर्माण गर्न २९ लाख रुपियाँ खर्च भएपछि सार्वजनिक सुनुवाइबाट खर्चको अनुमोदन पनि गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्लले पावरहाउस निर्माण गर्दा उपभोक्ताले दुई दिन श्रमदान गर्ने निर्णय भए पनि उपभोक्ताले नै श्रमदान नगरेको र कोरोना महामारीबीच आयोजना निर्माणको काम थाल्दा आफ्नो १३ लाखभन्दा बढी व्यक्तिगत लगानी लागेको बताउनुभयो ।

दैलेखबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो, महाबुको सौर्य आयोजना अन्तिम चरणमा

‘जनतासँग गरेका अधिकांश प्रतिबद्धताहरु पूरा भइसके’

दैलेखबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो, महाबुको सौर्य आयोजना अन्तिम चरणमा

वीरेन्द्रनगरमा ‘छाडा चौपाया’ को चुनौती : सहकारीमार्फत

Leave a comment

Your email address will not be published. Required fields are marked *