पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा पत्र

काठमाडौं, १२ असार ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।  पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ ।

’करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,’ नेपाल निकट स्रोतले भन्यो । शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

स्रोत : कान्तिपुर

पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा पत्र

घरमै उत्पादन हुने बालीबाट पोषिलो खाना बनाउँदै

पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा पत्र

मदन भण्डारी पुरस्कार राई र प्रेरणा विद्यालयलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *