सुर्खेतका जनप्रतिनिधि र पराजित उम्मेदवारलाई अभिमुखीकरण

सुर्खेत, १२ असार ।

नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि र प्रत्यासी उम्मेदवारहरुलाई अभिमुखीकरण सुरु गरिएको छ । नेपाली काँग्रेस सुर्खेतको आयोजनामा बधाई ज्ञापन तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्दैछन् । यसका लागि खड्का आईतबार सुर्खेत आएका छन् ।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाका जनप्रतिनिधि, पराजित भएका पार्टीका उम्मेदवारहरु, सुर्खेतका सबै तहका सभापति, पदाकिारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने काँग्रेसको जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ । अभिमुखीकरण आइतबार र सोमबार दुई दिन हुनेछ ।

सुर्खेतका जनप्रतिनिधि र पराजित उम्मेदवारलाई अभिमुखीकरण

त्यो पहिलो प्रेम पत्र लेखियो

सुर्खेतका जनप्रतिनिधि र पराजित उम्मेदवारलाई अभिमुखीकरण

घरमै उत्पादन हुने बालीबाट पोषिलो खाना बनाउँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *