पैदल यात्रिलाई दैनिक आवत जावत गर्न समस्या

बरम बहादुर ऐडि
मुगु गमगढि, १२ असार ।
मुगु जिल्ला स्थित गमगढि बजारको पुरानो बजारमा सडक साघुरो हुनुका साथै फराकिलो नभयकाले पैदल हिड्ने यात्रि जेष्ठ नागरिक अपाङ्ग ,स्कुले छात्र छात्रा लाई दैनिक आवत जावत गर्न समस्या भएको छ । अझ पछिल्लो समयमा सडक बाट यात्रु बाहक गाडि ,मोटर साईकल पनि यहिबाटो भयर गुड्ने गरेका छन ।

यसका साथै सडक नजिक घर तथा अन्य भवन बनाउनेको सङ्ख्या बढेकोले घर लगाउदा प्रयोग हुने ईट्टा ,ढुङ्गा ,सरिया, सिमेन्ट,बालुवा जस्ता सामाग्री हरु ट्याकटरमा उक्त सडकबाट ल्याउने गरेकाले बिचमा घर निर्माणका सामान झारेर बाटो अबरुद्ध हुने गरेपछि पैदल यात्रिले केहि समय सम्म सास्ति वेर्हाेनु परेको छ ।

मुख्य सडकमा सामान झारेर त्यहाँ बाट ढुवानि गरेर ल्याउनु पर्नेमा यो कुरालाई अटेरि गरेर बिच सडकमा सामाग्री झारेर यात्रु हरुलाई सास्ति दिने काम गरेका छन । यसमा कहिले काहीँ मानिसको चाप बढि भएमा दुर्घटना नहोला भन्न सकिन्न । यो समस्या छिटो भन्दा छिटो समाधान होस भनेर हिड्ने पैदल यात्रिले समयमा सरोकार वाला निकायको ध्यान जावस र यो बारेमा नीति नियम बनाईयोस भनेर सर्बसाधारणले जानकारि गराएका छन ।








