बारेकोटमा एकल पुरुषलाई बिधुर भत्ता र जेष्ठनागरिकलाई निशुल्क औषधि उपचार

मोहन सिहं
जाजरकोट, १२ असार ।
बारेकोट गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै एकल पुरुषलाई बिधुर भत्ता र जेष्ठनागरिकलाई निशुल्क औषधि उपचार गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका अध्यक्ष वीर बहादुर गिरीले जानकारी दिए ।
अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको उपाध्यक्ष निशान गिरीले बताए ।

पालिका नयाँ जनप्रतिनिधिको पहिलो बैठकले बिधुर भत्ता, जेष्ठ नागरिकलाई निशुल्क उपचार ,अलग पशुघर निर्माण, नमुना बिधालय सञ्चालन, सिल्पाचौर होमस्टे सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले एम्बुलेन्स खरिद गरि गर्ववती र सुत्केरीलाई निःशुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
गाउँपालिकाको एम्बुलेन्स छिटै खरिद गरि सुत्केरी तथा गर्भवतीको लागि निःशुल्क रूपमा प्रयोग हुने भएको छ ।
आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको र जेष्ठ नागरिक लाईपनि बिरामीले थलपर्न नदिने भन्दै यस्तो निर्णय गरिएको अध्यक्ष गिरीले बताए ।






