छिन्चुमा संचालित ५ दिने निशुल्क योग शिबिर समापन

दिलिप ढकाल
सुर्खेत,११ असार ।

आयुर्बेद शाखा जहरेको आयोजनामा भेरिगंगा नगरपालिका वडा नम्बर १२ छिन्चुमा यहि असार ७ गते देखि सुरु भएको निशुल्क योग शिबिर आज सम्पन्न भएको छ ।

यहि असार ७ गते देखि सुरु भएको निशुल्क योग शिबिर ११ गते सम्पन्न भएको थियो। ध्यान मेडिटेसन तथा मानसिक स्वास्थ्यको लागि ब्रहमाकुमारी आरती रेग्मी र आहार विहार खानपान र आयुर्वेद सम्वन्धीको कक्षा प्रशिक्षण कविराज निरीक्षक छविलाल खड्काले गरेका  थिए  ।No description available.

५ दिन सम्म संचालन भएको निशुल्क योग शिबिर को सम्मापनामा प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस सम्सदिय दलका प्रमुख सचेतक अमृता शाही,भेरिगङ्गा नगरपालिका वडा न १२ का नि–वर्तमान वडा अध्यक्ष हरि प्रसाद कंडेल,पतन्जली योग समिती कर्णाली प्रदेश संयोजक शिवराज जैसी,ब्रह्माकुमारी इश्वरिय विश्वविद्यालय भेरिगङ्गा का प्रमुख ब्रह्माकुमारी आरती रेग्मी ,भेरिगङ्गा नगरपालिका वडा न १२का वडा सदस्य श्री इन्द्रलाल गिरि भेरिगङ्गा नगरपालिका भौतिक पुर्वाधार शाखा प्रमुख इन्जिनियरविजय के सि , रामजानकी सामुदायिक वन उपभोक्ता समुहका कोशाध्यक्ष,नेपाल रेड्क्रस सोसाईटी का प्रतिनिधि लगायतका अतिथिहरुको उपस्थितिमा निशुल्क योग शिविरको समापन भएको थियो ।

No description available.

शिविरमा सहभागीलाई योग, ध्यान, स्वस्थ खानपानका बिषयमा जानकारी दीइएको थियो। बालबालिका लगायत सम्पुर्ण समुदायमा सर्ने अथवा नसर्ने रोगबाट बच्नका लागि विभिन्न योग सङ्गै खानपानको आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृदि गर्न सक्ने, स्वस्थ जिबन यापन जिउनको लागि गाउ समाज र टोलटोलमा स्वस्थ जिबनशैलीका कुरा हरु अग्रसर बनाउनको लागी निशुल्क योग शिविर सन्चालन गरिएको हो ।

छिन्चुमा संचालित ५ दिने निशुल्क योग शिबिर समापन

पेट्रोल र डिजेलको मुल्य घट्यो

छिन्चुमा संचालित ५ दिने निशुल्क योग शिबिर समापन

बारेकोटमा एकल पुरुषलाई बिधुर भत्ता र जेष्ठनागरिकलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *