हुम्ला अस्पतालमा बिरामी बढे

हुम्ला ।  हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् ।

एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ ।

उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

 

मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काँचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो ।

निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए ।

निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिए ।

१५ श्यया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको सङ्ख्या ह्वात्तै बढेपछि १३ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताए ।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनिया कै कारण एक जना बालिकाको मृत्यु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।

बिरामी बालबालिका तीन वर्ष मुनिका रहेका छन् भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनले बताए ।

बिरामी बालबालिका बढेपछि अस्पतालका श्यया बिरामी र कुरुवा आमाले भरिएका छन् ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जटिल बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी प्राप्त भएको छ ।

 

हुम्ला अस्पतालमा बिरामी बढे

इमरान खानद्वारा इस्लामावादमा विशाल र्‍याली आयोजना

हुम्ला अस्पतालमा बिरामी बढे

महानगरबासीका ‘बाहुबली’

Leave a comment

Your email address will not be published. Required fields are marked *