इमरान खानद्वारा इस्लामावादमा विशाल र्‍याली आयोजना

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सरकारसँग आगामी ६ दिनभित्र निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सरकारले माग पुरा नगरे खानले आमरण अनशन बस्ने धम्की दिएका छन् ।

बिहीबार देशको राजधानी इस्लामावादमा खानका लाखौं कार्यकर्ता सहभागी र्याली निस्किएको थियो । माग पुरा नभएर राजधानीमा फेरि पनि आफ्ना समर्थकको र्‍याली निस्कने खानले भने ।

लाखौं समर्थकहरुलाई सम्बोधन गर्दै खानले भने, ‘सरकारले संसद भंग गरेर निर्वाचन घोषणा नगरेसम्म म यहीँ बस्नेछु । तर गत २४ घण्टाभित्रका तिनका क्रियाकलाप हेर्दा सरकारले मुलुकलाई अराजकतातर्फ धकेलिरहेको देखिन्छ ।’

खानको र्‍यालीलाई मध्यनजर गर्दै सरकारले राष्ट्रपति भवन, संसद तथा प्रधानमन्त्री कार्यालय लगायत अन्य प्रमुख सरकारी भवनमा सुरक्षा बढाएको थियो । र्‍यालीअघि खानका समर्थक र प्रहरीबीच ठाँउ–ठाँउमा झडप भएपछि यी कदम उठाइएको थियो । खानले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा देशभर प्रहरी र उनका समर्थकबीच भएको झडपमा पाँच समर्थकको मृत्यु भएको दावी गरे । सरकारले खानको यो टिप्पणीप्रति केही प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानी क्रिकेट टिमका स्टार कप्तान खान खेल जीवनपछि राजनीतिमा प्रवेश गरेका थिए । उनको साढे तीन वर्षको प्रधानमन्त्रीत्व संसदमा अविश्वासको प्रस्तावबाट गत महिना अन्त्य भएको थियो ।

त्यसयता उनले आफूलाई विदेशी शक्तिले सत्ताबाट हटाएको भन्दै आएका छन् भने देशभर विरोध र्याली आयोजना गरिरहेका छन् ।

इमरान खानद्वारा इस्लामावादमा विशाल र्‍याली आयोजना

हुम्ला अस्पतालमा बिरामी बढे

Leave a comment

Your email address will not be published. Required fields are marked *