गठबन्धन नमिलेका ठाउँमा लचकताका साथ सहमति गर्न आग्रह

सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उमेदवारहरूलाई मतदान गर्न अनुरोध गरेका छन्। विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नमिलेका ठाउँहरुमा अधिकतम लचकताका साथ सहमति गर्न पनि आग्रह गरेका छन्।

‘मनोनयन समेत दर्ता भइसकेको वर्तमानको सन्दर्भमा, स्थानिय तहको निर्वाचनमा गठबन्धन भित्रका साझा उमेदवारहरूलाई अत्याधिक मतका साथ हरेक स्थानिय तहमा विजय गराउन गठबन्धन विद्यार्थी संगठन आम अपिल गर्न चाहन्छ।’ विद्यार्थी संगठनहरुले भनेका छन्, ‘कतिपय नमिलेका ठाउँहरुमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्ने गरी प्रस्तुत हुन र देशैभर गठबन्धन सम्बद्ध दलका उमेदवारहरूलाई बिना शर्त र बडो मेहनत पूर्वक विजयी बनाउने अभियानमा एकताबद्ध र लामबद्ध हुन सम्पुर्ण विद्यार्थीहरु, युवा जगत र आम परिवर्तन पक्षधर जनसमुदायमा संयुक्त विद्यार्थी संगठन जोडदार अपिल गर्दछ।’

विज्ञप्ति जारी गर्नेमा नेपाली काँग्रेस निकट नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंकका अध्यक्ष देवेन्द्र कुवर छन्।

 

गठबन्धन नमिलेका ठाउँमा लचकताका साथ सहमति गर्न आग्रह

माओवादी केन्द्रको सानिभेरीमा चुनावी अभियान सुरु

गठबन्धन नमिलेका ठाउँमा लचकताका साथ सहमति गर्न आग्रह

उम्मेदवारको संख्या १ लाख ५० हजार नाघ्यो,

Leave a comment

Your email address will not be published. Required fields are marked *