हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए

हुम्ला । हुम्लामा ९३६ उम्मेदवारले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्लाको सात स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला सदस्य गरी कूल ९३६ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार अदानचुली गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्षमा ६, वडाध्यक्षमा २०, सदस्यहरुमध्ये महिलातर्फ २४, दलित महिलातर्फ १९ र अन्य ३७ गरी कूल १०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्ष ९, वडाध्यक्ष २२, सदस्यहरुमा महिलातर्फ १७, दलित महिलातर्फ १५ र अन्यतर्फ ४१ गरी कूल १०८, चङ्खेली गाउँपालिकामा अध्यक्ष ५, उपाध्यक्ष चार, वडाध्यक्ष ४१ र सखस्यहरुमा महिलातर्फ ३४, दलित महिलातर्फ २० र अन्य ७२ गरी कूल १७६, ताँजाकोट गाउँपालिकामा अध्यक्ष आठ, उपाध्यक्ष आठ, वडाध्यक्ष ३१, सदस्यहरुमा महिलातर्फ २३, दलित महिलातर्फ १० र अन्य ३३ गरी कूल ११३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

 

उनका अनुसार, नाम्खा गाउँपालिकामा अध्यक्ष चार, उपाध्यक्ष पाँच, वडाध्यक्ष २६, सदस्यहरुमा महिलातर्फ १६ र अन्य ३२ गरी कूल ८३, सर्केगाड गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष सात, वडाध्यक्ष ६०, सदस्यहरुमा महिलातर्फ ३७, दलित महिलातर्फ २६ र अन्य ८९ गरी कूल २२५ तथा सिमकोट गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष ६, वडाध्यक्ष ३०, सदस्यहरुमा महिलातर्फ २२, दलित महिलातर्फ १९ र अन्य ४६ गरी कूल १२७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लामा नेपाल प्रहरीतर्फ ६८४ र सशस्त्र प्रहरीतर्फ २३० सुरक्षाकर्मीलाई खटाइएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए

२२ जना चिनियाँ नागरिक पक्राउ

हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए

गुर्भाकोटमा २६२ जनाको मनोनयन दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *