गुर्भाकोटमा २६२ जनाको मनोनयन दर्ता

दिलिप ढकाल
गुर्भाकोट, १३ बैशाख ।
यति बेला देशनै चुनावमय भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि यहि बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

कतिपय स्थानीय तहमा सर्बसम्मत उम्मेद्वारी दर्ता भएको छ भने कतिपय स्थानमा असन्तुस्ट पक्षले आफु आबद्द भएकै पार्टीका उमेदवार बिरुद्ध बागी उमेद्वारी दिएका छन् । भने कतिपय स्थानिय तहमा स्वतन्त्र उमेद्वारी पनि दर्ता भएको छ ।

त्यस्तै पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थानीय तहको निर्वाचनको लागि जम्मा २६२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नगर प्रमुखमा ७ उपप्रमुखमा ४, वडाध्यक्षमा ५८, महिला सदस्यमा ५०, दलित महिला सदस्यमा ४६ र खुला सदस्यमा ९७ जनाको उम्मेदवारी परेको छ ।

गुर्भाकोट नगरपालिकाको नगर प्रमुखको लागि नेकपा एमालेबाट तिलक बहादुर खत्री, नेपाली काँग्रेसबाट हस्त पुन, नेकपा माओवादी केन्द्रबाट जयबहादुर डाँगी, एकीकृत समाजवादीबाट गौमाया ओली, रास्ट्रिय जनमोर्चाबाट टेकबहादुर घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कलावती रेग्मीले उम्मेदवारी दिएको गुर्भाकोट नगरपालिकाका निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिए ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार स्वतन्त्र उम्मेदवार जयबहादुर खत्रीले पनि नगर प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै गुर्भाकोट नगरपालिकाको उपप्रमुखको लागि नेकपा एमालेबाट सुशीला बिश्वकर्मा, नेपाली काँग्रेसबाट मैना विक, नेकपा माओवादी केन्द्रबाट टिका शर्मा र राप्रपा बाट मोहन सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादी र जनमोर्चाबाट उपप्रमुखमा उम्मेदवारी नपरेको निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिए ।

गुर्भाकोटमा २६२ जनाको मनोनयन दर्ता

हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए

गुर्भाकोटमा २६२ जनाको मनोनयन दर्ता

माओवादी केन्द्रको सानिभेरीमा चुनावी अभियान सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *