चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प

डाेल्पा ९ साउन ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ। पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए।

औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ।

त्यसैगरी बाढीकै कारण जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँगाडमा सवारीसाधन आवत जावत गर्नका लागि बनाइएको खोलाको तटबन्ध समेत भासिएको छ।

मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्। मालवाहक ट्रक, ट्र्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट, जुफाल लगायत बजारमा दैनिक उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन ।

स्राेत ः थाहाखबर

चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प

सोमबार बिहानै भुकम्पको धक्का

चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प

सोमबार नेपाली बजारमा सुनको मूल्य घट्याे

Leave a comment

Your email address will not be published. Required fields are marked *