पानी नर्पादा असारे बाली प्रभावित

सल्यान,११ असार ।

असार महिना किसानहरुका लागि मानो रोपेर मुरी फलाउने समय हो । वर्ष दिनभर खान पुग्ने धान रोप्ने सिजन हो असार । तर, सल्यानमा मध्य असार भइसक्दा समेत पानी नपरेपछि किसान मारमा परेका छन् । लामो समयदेखि वर्षा नहुँदा पानीका मुहान समेत सुक्न थालेपछि किसानहरुले आकाशे पानीको भरमा बसिरहेका छन् ।

विगतका वर्षहरुमा यस समयमा जिल्लाभर झन्डै ५० प्रतिशत भन्दा बढी धान रोपाई सकेको हुन्थ्यो तर यस वर्ष वर्षा नहुँदा सिँचाई भएका केही स्थान बाहेक अधिकांश खेत बाँझो नै रहेका छन् ।

वर्षात् नहुँदा खोलानाला समेत सुक्न थालेका छन् जसका कारण धान ब्याड बचाउन समेत किसानलाई हैरानी खेप्नु परेको छ । जिल्लाका प्रमुख नदी, शारदा, बनगाड, मर्म खोला सुकेका छन् । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ ।

स्रोत : थाहा खबर

पानी नर्पादा असारे बाली प्रभावित

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पानी नर्पादा असारे बाली प्रभावित

सल्यानका १० स्थानीय तहमध्ये आठ तहले ३

Leave a comment

Your email address will not be published. Required fields are marked *