सल्यानका १० स्थानीय तहमध्ये आठ तहले ३ अर्ब ९२ करोडको बजेट

सल्यान, ११ असार ।

सल्यानका १० स्थानीय तहमध्ये आठ तहले ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । बनगाड कुपिण्डे, शारदा नगरपालिका, छत्रेश्वरी, त्रिवेणी, कालीमाटी, दार्मा, कपुरकोट र सिद्धकुमाख गाउँपालिकाले बजेट ल्याएका हुन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले ६९ करोड ९१ लाख, शारदा नगरपालिकाले ६४ करोड १७ लाख ६० हजार, छत्रेश्वरी गाउँपालिकाले ४९ करोड ५१ लाख, कालिमाटीले ४५ करोड २२ लाख ५२ हजार, दार्माले ५१ करोड, सिद्धकुमाखले ३२ करोड ३९ लाख ७६ हजार, कपुरकोटले ४५ करोड ४६ लाख ५५ हजार र त्रिवेणी गाउँपालिकाले ४६ करोड ८३ लाख ४८ हजार बराबरको बजेट घोषणा गरेका छन् ।

शारदाले कुल बजेटको ४० प्रतिशत पूँजीगत र ६० प्रतिशत चालु खर्चमा विनियोजन गरेको छ। यस्तै बनगाड कुपिण्डे नगरपालिकाले चालु तर्फ ६३ दशमलव ६ र पूँजीगत तर्फ ३६ दशमलव ४ प्रतिशत, छत्रेश्वरी ३५ प्रतिशत पूँजीगत र ६५ प्रतिशत चालु खर्च विनियोजन गरेका छन् । कालीमाटीले १४ करोड १९ लाख रुपैयाँ पूँजीगत र ३१ करोड चालु खर्च छुट्याएको छ।

सिद्धकुमाखले ११ करोड १४ लाख पूँजीगत र २१ करोड २५ लाख चालु, दार्माले २४ करोड पूँजीगत र २७ करोड चालु, कपुरकोटले २१ करोड ८२ लाख पूँजीगत र २३ करोड ६४ लाख चालु खर्च विनियोजन गरेका छन् । त्रिवेणीले कुल बजेटको ४२ प्रतिशत पूँजीगत र ५८ प्रतिशत चालु बजेट बिनियोजन गरेको पालिका प्रमुखहरुले बताएका छन् ।

सबै पालिकाले सडक, खानेपानी, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारमूलक क्षेत्रलाई प्राथमिकता दिएको घोषणा गरेका छन् । त्यस्तै खरको छाना विस्थापित, पशुपालन, कृषकलाई फर्म तथा सहकारीमा आबद्ध गराउने, वन तथा वातावरण संरक्षण गर्ने, विपद नियन्त्रण गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले भने बजेट ल्याउन सकेका छैनन्। बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले पूर्व तयारी हुन नसकेका कारण शुक्रबार बजेट ल्याउन नसकेको बताए। नीति तथा कार्यक्रममा जनयुद्ध शब्द उल्लेख गर्ने नगर्ने विषयमा विवाद हुँदा बागचौरको नीति तथा कार्यक्रम पारित हुन सकेको छैन ।

कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले जनयुद्ध शब्द उल्लेख गर्न नमानेपछि माओवादीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र एकीकृत समाजवादीका कार्यपालिका सदस्यहरुले कार्यक्रम बहिष्कार गरेर कार्यक्रम हलबाट बाहिरिएका थिए । यस्तै कुमाख गाउँपालिकामा आन्तरिक विवादका कारण बजेट आउन सकेको छैन ।

स्रोत :  थाहा खबर

सल्यानका १० स्थानीय तहमध्ये आठ तहले ३ अर्ब ९२ करोडको बजेट

पानी नर्पादा असारे बाली प्रभावित

सल्यानका १० स्थानीय तहमध्ये आठ तहले ३ अर्ब ९२ करोडको बजेट

भालुको आक्रमण बाट कालिमाटीमा एक महिला गम्भीर

Leave a comment

Your email address will not be published. Required fields are marked *