भालुको आक्रमण बाट कालिमाटीमा एक महिला गम्भीर घाईते

दिलिप ढकाल
सुर्खेत,११ असार ।
सल्यान जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर ५ हात्तिदमार बस्ने एक महिला भालुको आक्रमण बाट गम्भीर घाईते भएकी छन । वडा नं. ५, हात्तिदमार बस्ने ६० बर्षकी चन्द्रकला बुढा भालुको आक्रमणमा परि घाईते भएकी हुन ।

स्थानिय सामुदायिक वनमा बाख्रा चराउन गएकोबेला दिउसो करिब ४ः०० बजेको समयमा भालुले आक्रमण गर्दा बुढा घाईते भएकी कालिमाटी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टोप बहादुर कार्कीले जानकारी दिएका छन् ।
भालुले बुढाको दाहिने खुट्टा टोकेर पुरै ड्यामेज छ ।घाईते बुढालाई स्थानिय दमदवाली स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागी नेपालगंज रिफर गरिएकोमा अवस्था निकै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।






