स्यार्पूताल हिउदमा घट्छ बर्षायाममा बढ्छ

प्रचन्ड खत्री
रुकुम पश्चिम, ११ असार ।
कर्णाली प्रदेशकै पर्यटकिय स्थलको रुपमा परिचित स्यार्पूतालको स्वरूप भने बिग्रदै गएको छ्र । कर्णालीकै रारा ताल , फोक्सुन्डो ताल पछिको स्यार्पूताल पर्दछ , स्यार्पूताल परिचित हुदै गएपनि यसको ब्यबस्थापनमा ध्यान नदिदा लोप हुने सम्भाबना भएको स्थानीय होटल ब्यबसाय दरिभान पुरीले बताए ।

ताल बिग्रनुको कारण भने थुप्रै रहेको पुरीले बताए, स्यार्पूतालको वरिपरी रिङरोडका कारण स्यार्पूतालको स्वरूप बिग्रदै गएको हो । स्यार्पूमा आउने बाह्य पर्यटकले भोज खाएको फोहर ब्यबस्थापनमा कसैले पनि ध्यान दिन सकेका छैनन , यसको बेफाईदा भनेको सिंगो गाउपालिकालाई पर्न जान्छ ।
स्यार्पूताल लाई ब्यबस्थित गर्न गाउपालिकाले ध्यान दिन जरुरि देखिन्छ गाउपालिकाले एक जना कर्मचारी भर्ना गरेर स्यार्पूताल आउने पाहुनालाई सशुल्क रुपमा प्रवेश गरायर स्यार्पूताललाई केहि फाईदा हुन्छ कि ? स्यार्पूताल ब्यबस्थापनमा गाउपालिकाले पूर्ण रुपमा ध्यान दिनुपर्छ यस कारणले गर्दा स्यार्पूताल ब्यबस्थित बन्न देखिने गरेको वडा अध्यक्ष तिलबिर केसीले बताएका छन् ।
स्यार्पुताल हिउद महिनामा सुक्ने गरेको छ भने बर्षायाममा भने भरिने गरेको देखिन्छ यस्तो कारण भने पहिले देखि रहेको स्थानीय हेमन्त दाहालले बताए । तालको उत्तर तिरबाट दुई वटा खोला वर्षायाममा आउने र हिउदमा सुक्ने गरेकोले ताल पनि सुक्ने र भरिने गरेको उनले बताए ।






