वडाअध्यक्षसहित ३ जनाले वडा कार्यालयलाई पाँच रोपनी जग्गा प्रदान

वसन्त कुमार शर्मा
सल्यान, ११ चैत्र ।
कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको बागचौर नगरपालिका–८ का साबिकको कोटमैला गाउँ बिकास समितिका वडाहरु १, २, ३, ४, ५ मिलेर बनेको छ ।
यहाँको जनसंख्या २१५५ रहेको सोही वडाका अध्यक्ष रोमु शाहिले आमा सुन्तला कुमारी शाहीको स्मृतिमा ३ रोपनी जग्गाको दिनुभएको छ । वडा अध्यक्षको प्रेरणा पाएर स्थानीय ओमप्रकाश गिरी र तारादेव नेपालीले १/१ रोपनी जग्गा कार्यालय भबन निर्माण गर्न र सहज सेवा उपलब्ध हुन्छ भने आशाले जग्गा प्रदान गरेको बताउनु भयो । तीन जनाले ५ रोपनी जग्गा सहयोग गर्नुभएको छ ।
सल्यानको बागचौर नगरपालिका ८ को वडा अध्यक्ष कपको उद्घाटन कार्यक्रममा नगर प्रमुख लोकमान बुढाथोकीलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका वडाअध्यक्ष रोमु शाहिले आफ्नो ५ बर्षको कार्यकालमा वडामा भएका सम्पुर्ण कामको प्रगति विवरण पेश गर्नु भएको थियो । त्यस्तै वडा भित्रका सम्पुर्ण टोलमा समानान्तर तरिकाले बिकास निर्माणका काम गरेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि लोकमान बुढाथोकीले वडा कार्यालय निर्माणका निम्ति जग्गादान गरेर नगरपालिकाको नाममा पास गरेको वडा अध्यक्ष सहित तीनै जनालाई धेरै धेरै धन्यवाद दिदै अन्य जनप्रतिनिधिले पनि यस्तो राम्रो उदाहरणिय कामको थालनी गर्नु पर्ने बताउनु भयो ।
खेलकुद प्रतियोगिताको उद्घाट्न गर्दै खेल राष्ट्र र स्वास्थको लागि गौरव र भएको बताउनु भयो । साथै वडा न ८ नगरप्रमुखको जन्म भएको भुमि भए पनि नगरपालिकाका १२ वटै वडामा सन्तुलित बिकास भएको बताउनु भयो ।
जग्गादाता वडाअध्यक्षले सामाजिक कार्य र जनताको सेवामा आफू अहोरात्र खटिने साथै वडा कार्यालय व्यवस्थित बनाउन आफू लगायत अन्य साथीहरुको सहयोगमा जग्गा किनेर दान गरिएकाे छ ।
एउटा ऐतिहाँसिक कामको सुरुवाती भएको र आगामी दिन आफू वडाको प्रतिनिधि नभए पनि सक्दो सहयोग र जनताको सेवामा निरन्तर लाग्ने सङ्गै मलाई राज्यले के दियो भन्दा पनि मैले राज्यलाई के दिए भने कुरा ठुलो भएको बताउनु भयो । यो त हाम्रो थालनी मात्रै हो अन्य साथीहरु पनि यो कार्यमा जोडिएर सेवा प्रवाहको गती दिनु हुने छ भनेर बताउनु भयो ।








