खानेपानी गुणस्तर जाँच गर्न सुर्खेतमा प्रशिक्षण

सुर्खेत, ११ चैत्र ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय घोषणा सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने, प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ५ वटा नगरपालिकाहरु दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिबेणी तथा कर्णाली प्रदेशका ५ वटा नगरपालिकाहरु खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र बीरेन्द्रनगर नगरपालिकाका वास फोकल पर्सनहरु, स्वास्थ्य संयोजकहरु, स्थानीय गैर सरकारी संस्थाहरुको गरी ३१ जनाको सहभागिता रहेको छ ।

नेपाल नगरपालिका संघका वास म्यानेजर उमाशंकर यादवले खुला दिसामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानीयुक्त समुदाय, पूर्ण सरसफाइ र हात धुने बानीको विकासका लागि यो कार्यक्रम संचालन गरिएको बताए ।

उहाँका अनुसार पालिकाहरुको वास कार्यक्रमको दिगोपनाको लागि वाससँग सम्बन्धित ऐन, नीति निर्देशिका र वास प्लान निर्माणमा नेपाल नगरपालिका संघले प्राबिधिक सहयोग गर्दै आइरहेको पनि बताए ।

यस्तै युनिसेफ नेपालका राजेस सारु मगरले दिगो बिकास लक्ष्य प्राप्त गर्नका लागि सुरक्षित खानेपानी पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पानीको प्रदुषणका कारणले पानीजन्य रोगहरु लाग्ने गरेकोले पानीको गुणस्तर अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।

विहीवारदेखि सुरु भएको कार्यक्रमको उद्घाटन भने कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका वास फोकल पर्सन रमेश सुबेदीले गरेका हुन ।

सुबेदीका अनुसार दिगो बिकास लक्ष्य पूरा गर्न सबै सरोकारवालाहरुको सहयोग आवस्यक रहेको, कर्णाली प्रदेश सरकारले प्रदेशमा पानी परिक्षण प्रयोगशाला स्थापना गरेको, प्रदेश लोकसेवा आयोगमा खानेपानी सुरक्षा योजना समाबेश गरेको, खानेपानी गुणस्तरलाई प्रदेशले प्राथमिकतामा राखेको, खुला दिशामुक्त अवस्थाको दिगोपनाको लागि भईरहेको प्रयासको बारेमा समेत प्रष्ट पारेका थिए । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण सनिवार सम्म चल्नेछ ।

खानेपानी गुणस्तर जाँच गर्न सुर्खेतमा प्रशिक्षण

वडाअध्यक्षसहित ३ जनाले वडा कार्यालयलाई पाँच रोपनी

खानेपानी गुणस्तर जाँच गर्न सुर्खेतमा प्रशिक्षण

बाली जोगाउन रातभर जाग्राम

Leave a comment

Your email address will not be published. Required fields are marked *